Somebody tell me what I'm supposed to say when someone asks me "k barey book ho ra yo??" It was LSD in form of words. Very psychedelic. Was hooked from start to the end.
कल्प–ग्रन्थ Disclaimer 1 - यो किताब पेटमा राखि सुतेर नपढ्नु । पढ्नै परे शरीर नथिच्ने गरी पढ्नु अन्यथा दुष्परिणामको लागि तयार रहनु । Disclaimer 2 - मैले यो किताब पढिसकेँ । Disclaimer 3 - यो मैले नगरकोटी प्रतिको प्रेममात्र देखाउन लेखेको होईन । Disclaimer 4 - सकेसम्म संक्षिप्त प्रतिक्रिया दिने कोसिस गरेको छु । पहिलो कथामा नगरकोटीले उनको आफ्नो लेखन शैलीमाथि जसरि भद्र कटाक्ष गरेका छन् त्यसरी अन्य कसैले शायदै गर्लान् । उनको लेखनको वा लेखन शैलीको खण्डन् गर्नुपर्ने आवश्यकता भएमा उनकै पहिलो कथाबाट धेरै पाठ सिक्न सकिन्छ । अलजाइमरर्सग्रस्त लेखकको कथा सँगै नगरकोटीले गरेको शुरुवात ७७७ पृष्ठको पुस्तकमा पाठकको ध्यान तानेर राख्न लायक छ । छिन्द्रिङ डेली लाईफ छिन्द्रिङ, गायब, गोल्ड फिस, मानसिक आश्रम, मेन्टाज & सिनोन्सिस जस्ता कथाहरुले पुस्तकको पूर्वार्धमा तानेर राख्छन् । पोस्टकार्ड स्टोरिज श्रृङ्खला पनि छोटा भईकन उत्कृष्ट छन् । ग्रे स्टोरिज नगरकोटिको पुराना शैलिका कथाहरु छन् । तर यहाँ आईपुग्दा मैले यो महसुस गरें Nagarkoti has really grown over time as a story teller . ग्रे स्टोरिज अन्तर्गतको फ्याक्ट्री कथा(पेज नं. ३८१)मा बाबर्चीले कथाको म (पुरुष लबचचबतयच) लाई "किन एक्लै आएकी ? लोग्नेलाई पनि फ्याक्ट्री घुमाउन ल्याएकी भए हुन्थ्यो नि ! ....... "बाट शुरु भई अर्को हरफ सम्म महिलालाई झैँ सम्बोधन गरेकोले अन्योल भई रह्यो । स्क्रिन प्ले स्टोरिज स्क्रिन प्ले कै शैलिमा लेखिएका २ कथाहरु छन् । ट्रान्सक्रिएटेड स्टोरिजका लागी नगरकोटीलाई धन्यवाद । यसमा नगरकोटीले कथानक शैलीमा विश्वसाहित्यको स्वाद दिएका छन् । र अन्तिम टाईपोग्राफिक स्टोरी खग्रासमा टाईपोग्राफिक प्रयोग सहित कथा बुनिएको छ । प्रयोग गज्जब छ । पढ्दा समेत आनन्द लाग्ने । तर यो प्रयोग नगरेकै भए पनि कथाको ओज नघट्ने मेरो व्यक्तिगत ठम्याई हो । ल्याम्प पोष्ट र शनैः शनैः शब्द अलि बढि नै प्रयोग भएको भेटें । किताब छ ? पढ्नुस् । छैन ? खोजेर पढ्नुस् । मलाई यो प्रतिक्रिया लेख्दै गर्दा उठान गर्न डर लागेको विषय हो नगर–कोटीको साहित्य । नगरकोटीको साहित्य आलोचित हँुदा उनलाई लाग्ने आरोपहरुमा अङ्ग्रेजी र हिन्दीको आवश्यकता भन्दा बढि प्रयोग, यौन तथा यौनिकताको अनावश्यक व्याख्या, गैर कथा वा उपन्यासलाई कथा वा उपन्यास भनिने गरेको, केही निश्चित विम्बहरुको झर्कोलाग्दो निरन्तर प्रयोग आदी(बाँकि नसमेटिएका विषय मनमनै सम्झिएर मःम भने भयो) । कल्पग्रन्थ पनि ती विषयमा अछुतो छैन । तर त्यति हुँदा हँुदै पनि नगरकोटीको साहित्य नगर–कोटीको साहित्य हो या गर–कोटीको साहित्य हो ? नयाँ पुस्ताका लेखकले आफ्ना लेखनमा प्रयोग गर्न सिक्ने या डराउने ? The Lord of the Rings Series मा हँुदै नभएको भाषा प्रयोग गरिएको छ । त्यसले भाषाको मानमर्दन भयो भनेर विरोध भयो भएन होला ?(जानकारहरुले बताईदिनुहोला) बाँकि रह्यो Pre-order को कुरा, कल्पग्रन्थ मैले Pre-order गरेको पहिलो पुस्तक होईन र अन्तिम पनि हुनेछैन । यस यात्रामा सहयोग गरेर घर सम्म किताब ल्याईदिने KitabYatra लाई धन्यवाद । व्याकरणमा भएका त्रूटिहरुका लागि माफि माग्छु । Disclaimer 5 - यो मेरो पहिलो पटक पाठक प्रतिक्रिया लेख्ने दुस्साहस हो ।
... पढिरहेको पुस्तक म अफिस जाँदा-आउँदा दिनहुँजसो बोक्ने गर्छु। कामबीच समय चोरेर केही पाना पल्टाउने गर्छु। झोलामा अरू थोक पनि हुन्छ- ल्यापटप, चार्जर, चस्मा आदि। विगत केही साता यता काँध वरपर दुख्न थालेको महसुस गरेको छु। यसको श्रेय म नगरकोटीको 'कल्प-ग्रन्थ' लाई दिन चाहन्छु। पुस्तक भार मात्रभन्दा पनि, म यी कथाहरूको कल्पनाशीलताको भारले थिचिएको छु।
... मेरो पठन गति सुस्त छ। त्यसैले आठ सय पानाको कल्प-ग्रन्थ पढिसक्न मलाई लगभग तीन साता लाग्यो। तर यदि तपाईं तीव्र पाठकमा दरिनुहुन्छ भने, यो तपाईंको एकैदिनको बसाइ पनि हुन सक्छ। पहिलो कारण- आठ सयमा तीन सय पाना जति त अर्धनङ्ग छन्। दोस्रो कारण- प्रत्येक कथाले चुम्बकीय गुण बोकेका छन्।
... देवनागरी लिपिमा लेख्दैमा अङ्ग्रेजी शब्दहरू नेपाली भइहाल्दैनन्। नगरकोटीले पटक-पटक खेप्नु परेको आरोप हो सायद यो! त्यसैले सङ्ग्रहको पहिल्यै कथाले भनिदिन्छ- 'मेरो लेखनको तारिफ गर वा आलोचना, हु केयर्स! शैली मेरो यही हो।' त्यसपछि तैँ चुप, मै चुप। मैले भने थुप्रै अङ्ग्रेजी शब्दहरूको करिब-करिब नेपाली उल्था जान्ने मौका पाएको छु। थुनचोली, खोप्पो, अवसाद, चण्डाल, ग्रन्थपाल आदि। र मेरो हकमा, केही नवीन लेखकहरू पनि चिन्न पाएको छु। पाब्लो नेरूदा, अलेन गिन्सबर्ग, चिमामान्दा अदीचि, जेयर्ड डायमन्ड, मार्को बोन्फान्ती, फरनान्डो सोरेन्टिनो आदि। अँ, अनि कुमार नगरकोटी।
... वर्षौँ पहिले बाबाले 'निलो चोली' पढ्नुभयो। र वर्षौँसम्म उपन्यास सबै अश्लील हुन्छन् भन्ने धारणा पाल्नुभयो। कल्प-ग्रन्थ पढेपछि पनि अश्लीलतामा जोड दिनुभयो। कथामा झल्किने अश्लीलतालाई म उन्मुक्त लेखकको दृष्टिकोणबाट चियाउन रूचाउँछु। हृदयमा गुम्साउनुभन्दा शब्दमा पोखिदिनु बेस। किन? नगरकोटीलाई नाङ्गिनुमा आपत्ति छैन। नाङ्गो नगरकोटी त यसै सङ्ग्रहका पनि थुप्रै कथाहरूको पात्र हुनुहुन्छ। बाबा र मबीच वर्षहरूमा धेरै अन्तर छ।
... राज्यका प्रतिनिधिहरू कथाहरूमा पात्र बनि आउँछन्। सिंहदरबारबाट कहिले निर्वस्त्र निस्कन्छन्। जुवाको खालमा कहिले नीतिनियम बनाउँछन्। बिहानको नित्यकर्मपछि कहिले जुँगा ट्रिम गर्छन्। ऐनामा प्रतिबिम्बित मुहारमा मख्ख पर्दै कहिले शासन छाँटछन्। जे-जे गर्छन्, निचोडमा जनताका आँखामा छारो हाल्न गर्छन्। कथित प्रतिनिधि सम्बन्धी प्रत्येक कथामा थोरै दाह्रा किटिएला! कानमै बज्ने गरी। एउटालाई भने माफी दिन सकिन्छ। बाल रवीन्द्र अधिकारीको भीरमा अड्किएको खेलौना हेलिकप्टर! त्यसमा त मन भारी पो हुन्छ।
... कथाहरू विभाजित छन्। सबै कथा सबैलाई मनपर्छ भन्ने छैन। मलाई पोस्टकार्ड स्टोरिज खासै रस बसेको थिएन। प्रयोग मन परेको थियो। मेरै नामको पनि त पोस्टकार्ड आएको थियो-
TO bikash DUMRA`KOTI´ कोटी-कोटी प्रणाम from NAGAR`KOTI´
तर नगरकोटीलाई चाहिँ मैले लामै कथाहरूमा स्वादिलो मानेँ। कल्पनाशीलताको हदैसम्म पुगेर उहाँले कथाहरू डिजाइन गर्नुभएको छ। पुस्तक शीर्षकसँग जोडिएको पनि त छ- a book of imagination; including dreams, mystery and nakedness.
... 'दोचा' को एउटा संस्मरण कुनै पत्रिकाको शनिवारीय विशेषमा पढेको थिएँ। बस्, त्यति हो। नत्र भने नगरकोटीसँग पहिलो यात्रा हो यो मेरो। दुई शब्दमा भन्छु- मज्जा आयो।
सिल्भर सिटि अपार्टमेन्टको अपोजिट लोकेशनमा उभिएको थिए, डिल्लिबजार। हातमा पुस्तक फेला पर्छ, हौसिदै किताब आफ्नो झोलाभित्र राख्दै पैसा तिर्छु। कोठामा आएर किताब हेर्न थाल्छु र समय मिलाएर पढ्नु पर्छ भनेर बुक शेल्फमा सुरक्षित राख्दछु। र अहिलेको समयमा यो ७७७ पृष्ठ भएको ग्��न्थ पढेर सक्कएको छु।
अब कुरा गरौं यो आख्यान बारे, यो मेरो दोस्रो पुस्तक हो कुमार नगरकोटीका पुस्तकहरु मध्ये... उनका कृतिहरु पढ्दा मज्जाकै साहित्य सेवन हुन्छन... यो मेरो नितान्त व्यक्तिगत अनुभव ।
" कल्प ग्रन्थ " मा समाबेश भएका कथाहरुले कुनैबेला जिवनसम्बन्धि नै पाठहरु सिकाइरहेको हुन्छ भने कुनै बेला आफैं रमाएर पढु पढु लाग्छ जुन नितान्त रमाइलोकै लागि मात्र छन।
उसो त नगरकोटीको यो पुरानो बानीनै हो भनौ, आफ्ना पुस्तक हरुमा अङ्ग्रेजी र नेपाली दुबै भाषाको प्रयोग गरेर कृति हरुमा केहि छुट्टै स्वाद पष्कन खोज्ने, उनले यो ग्रन्थमा पनि सोहि प्रयोगमा ल्याएका छन। कतिपय बेला त्यो पढ्दै गर्दा गज्जवकै साहित्य मिलन भएको लाग्छ तर कतिपय ठाउँमा चाहिने भन्दा बढी भैदिदा कतै कतै खल्लो लाग्ने, र हिन्दि भाषामा पनि बेला बेला कलम चलाएका छन...
यसमा समाबिष्ट भएका कथाहरुले कहिले राजनीतिमाथि व्यंग्य गरिरहेका छन भने कहिले हाम्रै समाजमा घटिरहेका कर्तुतहरु माथी!
नगरकोटिले यस ग्रन्थमा निकै आकर्षक ढङ्गले आफ्ना कथा हरु पष्केका छन र आफ्ना शब्दहरु सजाएका छन।
दशैंको बिदालाइ उपयोग गर्दै पढिएको पुस्तक लाइ रेटिङ्ग गर्दा ४ तारा दिन मन लाग्यो एक पाठकको नाताले! पैसा असुल पुस्तक !!
One need to have wild level of imagination in order to enjoy Nagarkoti writing style. With that said, this book is no different than other fictions designed by him. Lots of stories, many short stories and few dramas are included in this huge book. I actually loved few of those stories.