❝जिवनको गोरेटोमा हिँड्न सजिलो छ र? कहाँ प्रश्न चिन्ह लाग्छ ? कहाँ विस्मयादिबोधक चिन्ह लाग्छ ? अनि कहाँ पूर्णविराम चिन्ह लाग्छ ? कसैलाई थाहा हुँदैन ।❞
मदन पुरस्कार -२०७७ कोलागि उत्कृष्ट सूचीमा परेको उपन्यास फिलिङ्गो नेपाल चलि रहेको वैदेशिक रोजगारको कष्टहरुको चित्रण गरेको काल्पनिक कथा हो । यो कथामा महिलाको आत्मसम्मान र आत्मनिर्णयका विषयलाई आधार बनाएर समाजमा महिलाले अनेक प्रकारका हिंसाहरु खेप्नु परेको चित्रण गरेको छ । जापान र नेपालको परिवेशलाई आधार बनाएर लेखिएको यो उपन्यासकी प्रमुख पात्र विदेशमा भएता पनि पितृसत्ताको शोषणमा परेकी छ । हरेक महिलाले अाफूलाई कम्जोर नथानि अाफ्नो बारे सोच्नु पर्छ भन्ने सन्दर्भमा लेखेको कथा सुरुमा रमाइलो लाग्यो अन्तिम तिर तनाकाको जस्तो महसुस हुन थाल्यो । तर नेपाली किताब सुरु गर्न मन हुन लाई ठिक छ ।
❝नेपालमा नेताहरु रेमिट्यान्स भित्रिएको कुरामा मख्ख छन् । विदेशमा अाफ्ना नागरिकले कति मानसिक पीडा भोगेका छन् , केही खोज खबर छैन । विदेश जाने माहोल मिलाइ दियौँ भन्छन् । नागरिकप्रतिको कर्तव्य निर्वाह गरेको छौँ भन्ठान्छन् । अाफ्नै देशमा काम गर्न त कति धेरै पक्रिया र उल्झनहरु पार गर्नुपर्छ । फरक भाषा र संस्कृति भएको देश मा झन् कति झमेला होला । ❞ 🌼~🌻