Nayan Raj Pandey (Nepali: नयनराज पाण्डे) is a Nepali writer. He writes stories and novels, as well as screenplays for Nepali cinema. He is known for his representation of contemporary Nepalese society in his novels, in a figurative style
भूगोलसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ । भूगोलसँग जोडिएर आएका कथाहरु सशक्त हुन्छन् , यथार्थको नजिक हुन्छन् । जसको जीवन्त उदाहरण "जियरा" हो । जीवनको अधिकांश हिस्सा नेपालगञ्जमा बिताउनुभएकोले त्यहाँको जीवनशैली , रीतिरिवाज , रहनसहन , परम्पराको बारेमा अभ्यस्त हुनुहुन्छ र ती हरेक कुरा जो नेपालगन्जसँग जोडिएका छन् ती हरेक कुराको जीवन्त शैलीमा कथाहरुमा झल्किएका छन् । लेखकले आफ्नो कम्फर्ट जोनमा भरपुर आनन्दका साथ कथा लेख्नुभएझैँ कथा सङ्ग्रह पढिरहदा महसुस हुन्छ । लेखकको कथाशिल्पीमा एउटा यस्तो जादु छ जसले गर्दा कथा पढिरहे तापनि हामी त्यहीँ पात्र, परिवेश र समयमा छौँ भन्नेझैँ अनुभुति हुन्छ । "सिरी उपमा जोगे" शीर्षकको कथा पढ्दै गर्दा लेखकको कथाशिल्पीबाट अझै बढी प्रभावित भए । आफ्नै देशमा अनागरिक भएर बाँच्दै आएकाहरुको कारुणिक नियतिलाई कथाले सशक्त रुपले प्रस्तुत गरेको छ । आफ्नो देशको हितका लागि आफ्नो ज्यानलाई दाउमा लगाएर पनि नचिनिएका नागरिकहरुलाई यो कथा tribute नै हो । यसका साथै सङ्ग्रहका अन्तिमका तीन कथा ( जियरा , सलमा सितारा र लैला ओ लैला) शीर्षकका कथाहरु पढ्दा एकातिर नारीहरुले भोगिरहेका कारुणिक नियतिको बारेमा थाहा पाउँदा मन गह्रौं भएर आउँछ त अर्कोतिर "मानव किन यति क्रुर भैरहेछ ? आखिर मानिस किन संवेदनहीन र द्रव्यलोलुप भैरहेछ ? " भन्ने कुरा सोच्न बाध्य हुन्छौं । "जियरा" कथा सङ्ग्रहलाई मधेसको कथा मात्र नभनेर म देशको कथा हो भनेर भन्न सकिन्छझैँ लाग्छ किनभने यसमा केवल मधेसको मात्र कथा छैन् । अस्थिर राजनीतिक अवस्थाले पिल्सिएका , गरिबीले थिचिएका , विकास , क्रान्ति र परिवर्तनका नाममा मिचिएका नागरिकहरुको प्रतिनिधित्व गरिरहेझैँ लाग्यो । मधेसको जीवनशैली ,रहनसहन आदिले ओतप्रोत भए तापनि यस किताबले पुरै देशको व्यथा बोकिरहेझैँ लाग्यो । आगामी दिनहरुमा पनि हजुरका यस्तै सशक्त किताबहरु पढ्न पाइएला भन्ने आशा गरेको छु ।
सानोमा हामी बसेको ठाउँतिर 'मधेस' बाट आइ बहाल र व्यापार गरिबस्नेको राम्रै संख्या थियो। हाम्रा दिनानुदिनका कतिपय आवश्यकताहरू उनीहरूकै व्यवसायले पूर्ति गर्थ्यो। कपाल काट्नु पर्यो - सगुनी 'भैया' को अग्लो मेचमा बसिदियो, मरमसला किन्नु / पिँध्नु पर्यो - भुवन भैयाको मेसिन अगाडि लाइन लाग्यो, उठ्नेबित्तिकै चियासँग गोलमारी चोप्नु पर्यो - अर्जुन भैयाको मिठाई पसलमा आँखा मिच्दै पुग्यो ...। मधेसबाट भएकाले सबै उनीहरूलाई 'मधेसी' भन्थे जुन कालान्तरमा अपभ्रंश हुँदै 'मदिसे' भयो। मधेसीहरूसँग कुनै कुरामा चित्त नबुझ्दा उनीहरूलाई खसाएर मदिसे भनी सम्बोधन गर्न थालियो। मदिसे बिस्तारै हेपाहा शब्दको रूपमा बिस्तार हुनथाल्यो। हामी पनि पुराना कापी-किताब, खाली बोतल र फलामको व्यवसाय गर्ने मधेसीहरूलाई हामी भुराहरूको टुक्राटाक्री फलामको कम मूल्य दिँदा गालीमा यही शब्द फलाक्न थाल्यौँ। हुर्कदो चेतनासँगै मैले मदिसे, मधेसी, मधेश तथा भैयाजस्ता शब्द सम्बोधनको रूपमा प्रयोग गर्न छोड्ने कोसिस गर्दै गएँ। अहिले हाम्रो समथर भूभागलाई 'तराई' र त्यहाँका बासिन्दालाई 'तराईवासी' / दाइ / भाइ / दिदी / बहिनी भनी सम्बोधन गर्ने कोसिस गर्छु। ... मेरो स्मृतिमा तराईसँग जोडिएको पहिलो सम्झना मुग्लिङ-नारायणगढ सडकखण्ड पार गर्दै गर्दाको छ। उक्त सडकखण्डको आधाउधि हिस्सा छिचोलिसकेपछि त्रिशूली नदिझैँ बगिरहेजस्तो देखिने अग्ला डाँडाहरू बिस्तारै समथर भूभागमा परिनत हुन थाले। भूगोलमा देखिएको यो परिवर्तन मेरा लागि नितान्त नौलो थियो। एक हिसाबले आँखालाई नै शीतलता प्रदान गर्ने खालको। पूर्व-पश्चिम राजमार्गको छातीमा गुड्दै जाँदा देखिएका अनन्तसम्म फैलिएका खेतीयोग्य जमिन, तिनको बीचमा बुख्याचाझैँ उभिएका घरहरू, सामुन्नेमा लम्पसार पसारिएको सोझो बाटो, खुकुलो परिधानमा डुलिरहेका तराईवासी, सबै दृश्यले यात्रामा झन्झन् रोमाञ्चकता थप्ने काम गर्दै थियो। पछिपछि पनि आतिथ्य स्विकार्दै तराई झर्दा यिनै सब दृश्यहरू मेरो आकर्षणका केन्द्र बन्न पुगेका थिए। तिनैताक मैले नयनराज पाण्डेलाई पहिलोचोटि पढेको हुँ। ... मैले आँखाले भ्याएसम्म फैलिएको खेतीयोग्य जमिन देखेँ तर टेक्ने जति जमिन पनि आफ्नो नाममा नभएको र पुर्खौदेखि ऐलानी जग्गामा सरकारी भय लिएरै बाँच्न विवशहरूको विवशता देखिनँ। ती खेतमा उब्जिएका फसलहरूको निगरानीमा उभिएका घरहरू देखेँ तर त्यहीँ कतै बर्खामा पानी र हिउँदमा शीतलहर थाम्न नसक्ने प्वाल परेको छानो देखिनँ। अगाडि लम्पसार पसारिएको सोझो राजमार्ग देखेँ तर वर्षौंदेखि आफू यही देशको नागरिक भएको प्रमाणपत्र बनाउन भौँतारिई रहेकाहरूको पदचाप देखिनँ। यी सबै अदृश्य विडम्बना मलाई नयनराज पाण्डेले देखाइदिनु भयो। जादुयी यथार्थ मेरालागि नौलो विषय हो। यस विषयमा एकाध कृति मात्र यसअघि पढेका कारण 'जियरा' मा समाहित कतिपय कथाहरूको संरचना बुझ्न सकस पर्यो। तर पनि ती संरचनालाई आड दिने खम्बा भनेको त तराईको मुद्दा नै थियो जसलाई लेखकले बिल्कुलै नयाँ शैलीमा ठड्याउनु भएको छ। यहाँ लाचार भई भारतबाट चिठी पठाउने 'टुटे पण्डित' सधैँ लाचार मात्र भई बस्दैन, यहाँ आफ्नो क्षेत्रको मन्त्रीसँग सानो सहयोगको हात फैलाउन राजधानी पसेको 'प्रेमललवा' खाली हात मात्र फर्कदैन र यहाँ आफ्नो साथीलाई बिना रोकटोक पार गर्न दिएको सिमानाको पुलिसले आफूसँग भने दुई रुपैयाँ माग्दा 'सलिम' सधैँ चुप लागेर बस्नेवाला छैन। लेखकले आफ्ना पात्रहरूलाई सधैँ अर्काको थिचोमिचोमा दबिन बाध्य नगराई उनीहरूको चेतनामा विद्रोहको बिउ उमारिदिनु भएको छ जुन भलै ढिलो उम्रियोस् तर उम्रने पक्का छ। सङ्ग्रहीत कथाका शिर्षकहरू तराई लवजमा आधारित छन्। नयनराज पाण्डेले जसरी मिठो र सशक्त शैलीमा तराई लवजलाई साहित्यमा उतार्ने क्षमता सायदै अरू साहित्यकारहरूमा छ। कथाभित्र पस्नुअघि शिर्षक पढ्दा मजस्तो पाठक रनभुल्लमा पर्ने निश्चित छ। कथाबाट बाहिर निस्किएपछि भने शिर्षकले जुन बिम्बलाई ताकेर वाण छोड्यो, त्यसले ठिक निशानालाई नै भेदेको आभास हुन्छ। नयनराज पाण्डेको कलमको म सधैँ प्रशंसक हुँ। 'लू' बाट हाल जियरा सम्म उहाँलाई पढ्दा तराईको मुद्दा उठाउने उहाँको जति शक्तिशाली कलम मैले नेपाली साहित्यमा अरू पढेको छैन।
Diffrent style of storytelling from veteran author Nayan Raj Pandey. Long stories set on Terai Madhesh of Nepal includes the marginalization, class difference and many more issues. Multiple plots and mythical characters blende the stories in stylish way. My only reservation is the stories are hard to understand for new readers. "Jiyara" demands matured readers to roam around the magical world of Pandey.
Just finished reading Janani from this short story collection and I genuinely couldn’t wait until finishing the whole book to talk about it. Out of all the stories I’ve read so far, Janani stayed with me the most.
What makes the story so heartbreaking is how real it feels. Jamenti, the main character, is an Indian woman who is married off to a man from the Terai without her consent. Through her life, the story exposes the harsh reality many women still face being treated as if they have no voice, no choice and no control over their own future. The pain in the story doesn’t come from dramatic twists alone, but from the quiet normalcy of the injustice. That’s what makes it so disturbing.
While reading it, I kept wondering how women are still deprived of basic rights, dignity and freedom in so many societies even today. Janani doesn’t just tell the story of one woman; it reflects the suffering of countless women trapped under patriarchy, forced marriages, social expectations and silence. The way Pandey writes about Madhesh and borderland communities feels raw and deeply human, making the characters feel painfully real.
What I loved most about the story is that it doesn’t try too hard to “teach” the reader. It simply shows reality as it is cruel, unfair and emotionally heavy and lets the reader feel the weight of it themselves. That emotional realism is what made the story unforgettable for me.