ओ दार्जीलिङ ! दार्जीलिङ क्षेत्र, भारतीय गोर्खा र गोर्खाल्याण्डका मुद्दाहरूमा बढी केन्द्रित छ, तर यो पुस्तक त्यतिमा मात्रै सिमित छैन । यसले 'पहाडकी रानी को समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढंगबाट चित्रण गरेको छ । दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति सय बर्षदेखि गर्दैआएको संघर्षको झलक पनि यसमा पढ्न पाइन्छ । सिक्किमसँग जोडिएका प्रसंगहरू पनि पुस्तकमा आउँछन् ।
सँगै, भारतबाट नेपाललाई नियाल्दा कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के-के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरू के हुन्- यी र यस्ता बिषयलाई पनि पुस्तकले समेटेको छ । लेखकको अनुभूति खण्डमा 'बज्यै, मेलको चुक र विज्ञान'देखि 'चालीस, दिल्ली र जिन्दगी', 'कोरोना, कपाल र हजाम', 'भोट, नोट र चोट' जस्ता विविधतायुक्त सामग्रीहरू छन् । ओ दार्जीलिङ ! यस्ता ४९ वटा फरकफरक आलेखहरूको संग्रह हो, जसले सीमावारि र हिमालपारिका अनेकन् बिषयहरूलाई समेटेको छ ।
This book provides a new perspective to examine Darjeeling, encompassing its history, present situation, challenges, and future prospects. It illustrates how the state government has not been supportive of Darjeeling. The author highlights the factors contributing to Darjeeling's loss of its once-glorious appeal. It offers extensive insights into Gorkhaland and its various issues. In summary, the book has granted me a renewed understanding of Darjeeling and its residents.