What do you think?

महाभारा [Mahabhara]
प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो। डुक्पा उटपट्याङ गरिबस्छ। पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ। पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ। उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ। एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ।
मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण हो, महाभारा।

388 pages, Hardcover
First published January 8, 2022
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 12 of 12 reviews
May 3, 2025
महाभारा मूलत: डुक्पाको कथा हो । डुक्पा बाबुछिरीको कान्छो छोरो हो जो बाल-किशोरकालीन विठ्याइमा सदैव अग्रसर छ । डुक्पा डान्सले प्रचलित र तामाङ सम्प्रदायको भएर पनि लिम्बुहरूको हिमचिमले पालाम गाएर सोल्टिनीहरूलाई फुलेल/ मखलेल पार्ने अभूतपूर्ण क्षमता डुक्पामा छ । डरलाग्दो पहाडी क्षेत्रमा ट्रक कुदाउने ड्राइभरको शान~ओ~शौकत देखेर डुक्पाले पनि ट्रक ड्राइभर भन्ने सपना पाल्छ र केटाहरूलाई जम्मा गर्दै "केडा हो" भनेर निमा गुरुजीको अनेक कथाकुथुङ्री सुनाउनमा पनि डुक्पा माहिर छ । यही सपनालाई पछ्याउने क्रममा डुक्पा एकदिन मधेस झर्छ र कसरी ऊ डुक्पाबाट डेनी बन्छ , कसरी ऊ युद्धको हिस्सा बन्दै जान्छ र उसको जीवनमा कस्तो मोड आउँछ भन्ने कथा महाभारामा समेटिएको छ ।
महाभारका लेखक बसन्त बस्नेत पेशाले खोजमूलक पत्रकार हुन् त्यसैले गर्दा पनि होला महाभरामा पनि पाँचथरको परिवेश जीवन्त रुपले प्रस्तुत गरेका छन् । बाबुछिरि, बिबिसी बुढो, जम्दार, सुक्मती, तान्छोहाङ, रिक्की , धिमाल जस्ता विभिन्न सहायक पात्रको उपस्थितिले पहाड र मधेस दुवैको स्वाद दिन उपन्यास सफल भएको छ । जनयुद्धको कुरा आउँदा प्राय पश्चिमतिरको कुरा धेरै आउने गरेकोले पूर्वको ठेट स्थानीय भाषा, शब्दावली र त्यहाँको जीवनशैलीलाई प्राथमिकता दिँदै
सशक्त रूपमा चित्रण गरिएकोले यस उपन्यासले केही हदसम्म नयाँपनका साथसाथै मौलिकता पनि प्रदान गरेको छ । जसरी सिमसारामा भर्खरै बनेको नयाँ घरको बिम्ब लिएर चिसिँदै गएको पारिवारिक सम्बन्ध संवतको बाल मनोवैज्ञानिक दृष्टिकोणबाट काव्यिकता साथ प्रस्तुत गर्नुभएको थियो त्यसैगरी महाभरामा पनि युद्धलाई पट्यारलाग्दो नबनाइ प्रेम , युद्ध र राजनीतिलाई सन्तुलित रूपमा प्रस्तुत गरिएको छ । महाभारमा पनि सिमसारामाझैँ एक किसिमको काव्यिकता भेटिन्छ । उपन्यासले युद्धकालीन समाजको पीडा, राज्यसत्ता र विद्रोहीबीचको टकराव, राजनीतिक परिवर्तन, संकटकाल, गरीबी, शोषण र जातीय आन्दोलनलाई यथार्थपरक रूपमा प्रस्तुत गरेको छ । सरल, यथार्थपरक र मीठो भाषा संयोजनले भरिएको अन्त्यसम्म बाँधेर राख्ने र तानिरहने यो उपन्यास किन ढिलो पढे भनेर एकछिन नमज्जा लाग्यो तर देर आए दुरुस्त आए भनेझैँ यो उपन्यास पढ्दै गर्दा मखलेल/ फुलेल भएँ । यदि लू पूर्वीय परिवेशमा लेखिन्थ्यो भने सायद यस्तै हुन्थ्यो होला कि ? यो पाठकीय टिप्पणी सहित म भने बसन्त बस्नेतको नयाँ कृतिको पर्खाइमा रहे है त ।

January 28, 2022
'महाभारा' को सबैभन्दा शक्तिशाली पक्ष भनेको भाषा हो। उपन्यासमा प्रयुक्त पूर्वेली भाषा साह्रै रसिलो छ। बाँकी, कथाको लय भने टुट्दै-जुड्दै गर्न सक्छ। सुरुका अध्यायहरू र पछि पनि कतै कथा केही भड्किन खोजेको भान पर्छ। बीचका अध्यायहरूबाट भने कथाले राम्रै गति लिन थाल्छ। मुख्य पात्र 'डुक्पा' को चरित्र निर्माण लोभलाग्दो छ। धर्म र हिंसाको राजनीति माझ च्यापिएको प्रेम सुन्दर छ। यो मेरो रूचिको प्रेमकथा हो। माओवादी युद्धलाई यति मीठो गरि आख्यानमा उतारिएको यो मेरो पहिलो पठन अनुभूति हो। यो एकपटक पढिनै पर्छ। पहिलो उपन्यास नै यति सशक्त लेख्ने 'बसन्त बस्नेत' धन्यवादको पात्र हुनुहुन्छ। मेरालागि यो उपन्यास 'ओक्के छ'।
September 10, 2022
समग्रमा बसन्त बस्नेतको उपन्यास ठीकै लाग्यो । पूर्वेली भाषामा आफू पनि केही बाँचेको भएर मन जोडिन पायो । डुक्पाको चरित्र निर्माणमा लेखकले खर्चिएको समय र प्रसासले उपन्यान्सको मुख्य पात्रलाई कसिलो बनाएको छ । तर केही कुरा भने साह्रै सतही लागे । आम पाठकलाई डुक्पाले प्रयोग गर्ने थेगो 'ओक्के छ त' कुनै टेलीचलचित्रबाट उठाएर थपक्कै राखेको प्रष्ट हुन्छ । तर, लेखकले उक्त थेगोको औचित्य पुष्टि गर्न लेखकले लामै अनुच्छेद राख्दा पनि त्यो समयमा यस्तो थेगो प्रचलनमा थिएन, बरू पछि हाँस्य टेलिचलचित्रले प्रसिद्ध बनाएको कुरा पाठकको मस्तिष्कबाट शायदै हट्ला । त्यसै गरी, लेखकले मिङ्सो चरित्र निर्माणका लागि जति शब्द खर्चिएका छन्, उति साह्रो उक्त चरित्रले कथामा स्थान पाएन । बरु यी प्रयास धिमाल र सुक्मतिका लागि भएका भए गजबै हुन्थिए ।
केही भाषा सम्पादनमा पनि उपन्यास चुकेको छः लेखकले लेख्य भाषामा प्रयोग गरेका कुनै कुनै शब्द आफै सिर्जना गरेजस्तो लाग्छ, जस्तैः अकाट्यता, इमानदारिता । यी शब्दलाई कम्तीमा अहिलेको शब्दकोषले चिन्दैन ।
कथा बगाउने हिसाबमा लेखकले अब्बल काम गरेका छन् । कथा सर्र बग्छ । तर कुनै अप्रत्याशित घटना वा मोड नआउँदा उस्तो चाख भने लाग्दैन । कथामा त्रिपक्षीय प्रेमकथा भए पनि सरल निकासले कथाले पाउनुपर्ने उचाइ नपाइ त्यसै सकियो भन्ने आभाष भयो ।
केही सवाल यत्तिकै छाडिएका छन्, तर मैले ती सवाललाई लेखकको खुलदुली जगाउने चातुर्यको रूपमा बुझे ।
अन्त्यमा, लेखकीय प्रयास राम्रो भए पनि कथामा 'प्लट' अझै कसिलो भइदेन हुने भन्ने लागीरह्यो ।
मेरो समीक्षा : २.५/५

December 18, 2022
लेखक - सम्पादक- पत्रकारका विविध भूमिका निर्वाह गरेका वसन्त बस्नेत गुरुको पहिलो पुस्तक '७२ को विस्मय'ले मलाई नेपालको संविधान निर्माण, समाजको चित्र- पात्र- चरित्र , मधेशका यावत् मुद्दा-मामिला तथा २०७२ मा जारी भएको संविधानले उब्जेको उब्जाएका आर्थिक - राजनीतिक रङ्ग -तरङ्ग अनि नाकाबन्दीबारे बुझ्न मद्घत गर्यो। र हालै प्रकाशित भएको यस 'महाभारा' उपन्यासले एकदमै तान्यो - बाध्यो- रोम रोम र् ईमोसन ईमोसनमा हान्यो।
उपन्यास पढेपछि आफूलाई पुर्वी नेपालमा पाएँ र एउटा फरक अनुभुती महसुस गर्न पाएँ। अनेक पात्रहरुमार्फत् ति बितेका जनयुद्धकालीन दिन अनि ब्याचलर तहमा रहँदाताका पाईला टेकेको ताप्लेजुङ्ग र पान्थर घुमेँ। यस उपन्यासमा प्रयुक्त संवाद, पात्र र पृष्ठभुमिको वर्णन, लय, भाव, पुर्वी लवज र केही नयाँ शब्दले वर्णित घटनाक्रमसङ्गै बाँधेर राख्यो। अझ एउटा बेग्लै अनुभव चै तब भयो जब आफूले बाँचेर देखेर भोगेर सुनेर पढेर वर्तमान् समय परिस्थितीमा बिर्सिएका युद्धका ति दिनहरु मानसपटलमा याद आए। विशेषत: हवाई फायर , बम धमाका, सैन्य गस्ती, बाटाघाटामा कहीँ बम पड्किने पो हो कि, अनि मरिने पो हो कि भवितव्यमा परेर भन्ने डरको सम्झना आयो।
उपन्यासमा नेपाली समाजले युद्धकालमा भोगेका राज्य सत्ता र तत्कालीन माओवादीबीचका टक्कर, २०५८ सलामआ राजा वीरेन्द्रको वंशनाशपछिका दु:ख, तनाव, पिडा, शोक प्रदर्शन र राजनीतिक बदलाव, संकटकाल, गरीबी र शोषणविरुद्दको आवाज र पहिचानको द्वन्द,युद्धले धुजा-धुजा भएको समाजको तस्वीर अनि जातियताका नाम मा भए गरेका आन्दोलन विद्रोह झल्किएका छन्। पात्रहरुमा आफ्नै गाम-ठाम र टोलका व्यक्तीहरुको reflection पाएँ , जसका आ आफ्नै दु:ख -सुख र ऐँठन हुन्छन्।
उपन्यासका पात्रहरु डुक्पा, सेक्मुरी, तान्छोहान्ङ, मिङ्शो, कटक, मेरिना, बाबुछिरी, रिक्की, धिमाल, अग्रवाल आदि पात्रहरु हाअंर वरपर रहेकाहरुसङ्ग मिल्दछन्। राज्य र विद्रोही पक्षको साँढे जुदाइमा पिल्सिने पिल्सिएका आम नेपाली जनता अनि समाजको चित्रण बहुतै गज्जपको लाग्यो। पात्रहरु सङ्गै हाँसियो, सोच र् चिन्तन मननमा डुबियो, आफूले भोगेका जिन्दगीका अनेक आयामहरु सम्झियो, गम्भिर कुरो मनमा खेलायो, मन चङ्गा बनायो, भारी ढुङ्गले थिचाइयो, रिस्सियो, रोइयो, र रैला गरियो पनि। अझ भन्ने हो भने ; पुस्तकमा फुल प्याकेज महसुस गरियो। मेरा अर्का प्रिय लेखकको समिक्षा अनुसार साँच्चै पुस्तकमा "जीवन र मृत्यु, सुख र दुःख, गरिबी र सम्पन्नता, सन्तोक र सन्ताप, उकाली र ओरालीजस्ता जीवनका सनातन मूल्य या सीमाभित्र मान्छेलाई कैद गरिबस्ने परिस्थितिको बिम्ब" पनि पाएँ मैले। पुस्तक पढेर लेखकलाई धन्यवाद भन्न मन लागेको नै छ।
अत: डुक्पा (तामाङ) र सेक्मुरी (लिम्बुनी)बीच पालामका क्रममा उम्रेको प्रेमको टुसा, सम्बन्धका सिलसिला, ट्रक डाइभर हुने सपना र लाइसन बिना तराईमा गाडी हाँकेको , बिना कुनै सुचना गाउँ बाट तराइ झरेको प्रसँग, लारुम्बामा पटाक्षेप भएको तान्छोहाङ्गको सेक्मुरी प्रतिको प्रेम प्रसँग ; अनि मिलन र बिछोडका कुरा नै बिर्सेंको के झन्नै। झन् उपन्यासका कथानकमा अनेकौँ द्वन्द नि उब्जेका छन्; जसको {reflection वर्तमानमा पनि देखिन्छ यदाकदा। अर्थो प्रसङ्ग छ नागरिकता बनाउनका लागि हुने गरेका सास्तीको चित्रण। अहिले झन् यो राष्ट्रिय परिचयपत्रवाला चटकले उस्तै सास्ती देको नै छ। कतिपया नयाँ शब्दहरु मैले नबुझे पनि त्यसको हल्काफुल्का सार बुझ्न सकेँ। लेखकका अलावा प्रकाशन गृहको मेहनत र संयोजन भूमिका बेजोडको छ। प्रशंसा नगरि मनै मानेन मेरो ता।
अन्तमा डुक्पाकै बोली र पारामा पुस्तक १०० प्रतिशत ओक्के छ त।
रिपिट पढ्दा चै कतै कतै केही नपुगेको लाग्ने , कतै चै फेरि अलि बढी पो भो कि , अनि कतै कतै एकदम मिलेको छ भन्ने भा भयो! लेखकले अ त न जनयुद्धको पक्ष लेका छन् न विपक्ष -- भनौँ न मेरो पत्रकारिता क्लास पढ्दा पढाइने fairness , to the point accuracy , र balanced। उपन्यास बजारमा आएको दुई दिनमा सकाईया थ्यो --- उक्त समय अगाडी पुण्यप्रसाद प्रसाइँको युद्धका डोबहरु पढेर lastai bore लाग्या थियो हरिबिजोक editing र फ्लो नमिलेको भएर ! तर ; महाभारा पढेसी मजा चै लास्टै आ थ्यो उल्का !विभाजन , एकता र प्रेम - राजनीतिका कारण हुने व्यक्तिगत सम्बन्धको उत्थान पतन ( आरोह - अवरोह भन्दा अझ सापेक्ष हुने), अनि (सत्ता ?)र जनयुद्धको खास मूल्य - त्याग र बलिदान भुलेर अहिले मोज हर्ने नेता र अन्धभक्त कार्यकर्ताहरु यो बुक सङ्ग disappoint, furious र hurt भएको नि महसुस भो अहिले ! उपन्यास दोहोर्याएर पढ्दा पनि कतै नि पत्रकारले लेखेको भन्ने vibes नै आएन के ! !
WORTH REPEATING !!

March 27, 2022
"महाभारा" पढि सक्दा यो एउटा मैले सदैव पढ्न चाहेको पुस्तक भएर निस्कियो।
यसको मलाई सबैभन्दा मनपर्ने पाटो भनेको पात्रहरूले प्रयोग गर्ने सुदूर पूर्वको लिम्बु लवज सहितको नेपाली भाषा हो। कथाको प्रमुख पात्र डुक्पा, भोटेको(शेर्पा) छोरा भएपनि, लिम्बु समाज र परम्पराको प्रभावले लिम्बु भाषा फरररर बोल्छ अनि मेलामा सोल्टीहरू सित मेन्जो धान नाचिहिन्छ।
हाऊ,?बा आरिस् नै लाग्ने गरि पो त।
अनि, उद्देश्य चाहिँ पाहाडको बाटोमा सान दिएर ट्रक चलाउनु हुन्छ। भर्खर फख्क्रिन थालेको माया अनि मायालु सोल्टीनी सुक्मतिलाई छाडेर आफ्नो उद्देश्य प्राप्त गर्नु जवानीको जोशमा मधेस झर्छ। अनेकौ हण्डर र ठक्कर खादै अलि-अलि जिन्दगीलाई बुझेर, अलि-अलि रनभुल्लमा परेर जसोतसो आफूलाई फिलिमको हिरो जस्तै सम्हाल्दै अघि बढ्छ।
अनि प्रेम, राजनीति, धर्म र युद्धको भुमरीमा आफू नचाहदा नचाहादै हामफाल्न पुग्छ।
र त्यही भुमरीबाट डुक्पाले कसरी स्वविवेक र परिस्थितिअनुसार आफूलाई निकाल्न सक्छ भनि चित्रण गरिएको सुन्दर कथा हो, महाभारा।

September 17, 2023
सानै देखि पूर्वेली भाषा बोल्नेहरुसंग संगत गरेको हुनाले, यसमा प्रयोग गरिएका भाषा केही नोस्टेलजिक लाग्यो। यो उपन्यासमा एक अर्ध शिक्षित मानिसको obsession भन्नु नै ट्रक चलाउनु हुन्छ। त्यसको लागि उ आफ्नो पहाडको गाउँ, आफ्नो परिवार र भर्खरै पलाएको प्रेमलाई छाडी मधेश झर्छ। त्यहाँ उनी अनायसै र नचाहँदा नचाहँदै माओवादी पार्टीसँग आवद्ध हुन पुग्छ। यही कारणले उसको माया मा, परिवारमा उथलपुथल आउँछ। यसै उथलपुथल बीच यो संयोगान्त उपन्यास सकिन्छ।
उपन्यास अलि लामो लाग्यो, १०० पाना जति कम भएको भए नीकै उम्दा हुन्थ्यो। तर लम्ब्याएको भएर बीच बीचमा पट्यार लाग्दो लाग्छ। भाषाको हिसाबले नीकै समृद्ध यो उपन्यास मलाई ठीकै लाग्यो ।

February 6, 2022
सुन्दर संवाद र भाषाले अौधि लोभ्यायो। निकट इतिहासको आफैंले बाँचेको कहालीलाग्दो समय पूर्वी पहाडको भिन्न भूगोलमा गएर फेरि बाँचेझैँ लाग्यो। डुक्पा भन्दा बढी उसकै बाबू बाबुछिरि, त्योभन्दा बढी तान्छोहाङ र अझ धेरै त थोरै मात्र भुमिका पाएको धिमालको चरित्र मनमा बस्यो।
खट्किएको कुराचाहिँ परिबन्दले युद्धमा सामेल डुक्पाभन्दा समर्पणले नै होमिएका पात्रको कथानक भएको भए कथा झन् सशक्त बन्ने थियो । आख्यानमा छक्कै पार्ने मोडहरू नआउँदा र अन्त्य पनि अनुमानित नै हुँदा दिमाग रिङ्गिन पाएन । संवेदनाहरूलाई उछलकुद गर्न लगाउने ड्रामा मिस गरेँ, बाकि सबै ओके छ त।

January 27, 2024
लगभग सबैले भोगेको बाल्यकालको ‘क्लिसे’ मार्काको संस्मरण बाट किताबको सुरुवात भएता पनि एकाएक कथाले लय समात्छ। मिठो पुर्वेली भाषा र लवजको कारण यो किताब एउटा प्रयोग चै हो है।
जति जनयुद्धको भयाभह लेखकले भयो भनेर थोपर्न खोजेको छन् नि, त्यति चै महसुस गर्न सकिएन। पुर्वको पहाडमा जनयुद्धले भेटेको बाछिटा लगभग लेखिएको छैन भन्दा पनि हुन्छ। त्यसमा चै यो गज्जबको किताब लेखियो।
बिच बिचमा आउने गीत तथा भाकाहरुले पढ्दा बहुत मजा दिईरहे।

September 17, 2024
महाभारा एक स्मृतिकथा हो । द्वन्द्वकालको उत्तरार्ध तिर पूर्वी पहाडमा घटेका घटनालाई डुक्पा नामक प्रमुख पात्रको जीवनमा घटेको घटनाको सेरोफेरो समावेश गरेर कहिएको एक कथा हो । लिम्बु समाजका बारेमा धेरथोर जान्न यसले मद्दत गर्छ । सुदूर पश्चिममा जन्मे हुर्केको मेरालागी सुदूरपूर्वी समाजको कथा विलकुलै नौलो थियो । पूर्वी पहाडमा दरवार हत्याकाण्ड भए देखि माओवादी र धार्मिक पन्थहरुबीचको टकराव र त्यहि परिवेशमा हुर्केको डुक्पाको वाल्यावस्था, प्रेम, संघर्ष सबैलाई उपन्यासले समेटेको छ ।
पत्रकारिताको फाइदा भनेको सूचनाको नजिक भइन्छ । लेख्नका लागि मुद्दाहरु पर्याप्त हुन्छन् । पत्रकारिताको वेफाइदा भनेको एउटा दृष्टिविन्दु हावी हुन्छ । अर्को, आख्यानमा चाहिने जती मसाला कम पर्छ कि जस्तो लाग्छ । महाभाराका लगभग ४०० पाना पढ्दै गर्दा आएका मुद्दाहरु र नआएका चरमहरुले त्यस्तै महसुस गरायो ।
लाटो पहाड माथिको विवेचना सुनेर मैले उपेन्द्र सुब्बाका कथा र कविता सबै पढि भ्याएको थिएं । अध्ययनशीलता र वाकपटुताका सवालमा वस्नत वस्नेत अनुकरणीय छन् । आख्यानमा पनि यो पुस्तक मार्फत अब्बलता प्रस्तुत गरेका छन् । पात्रको प्रचुरता, विषयवस्तु यसका सबल पाटा हुन् । दृष्टिविन्दुमा एक पक्षीय भएको आरोप पल्पसा क्याफे पछि यसलाई पनि लागेको हो । तर त्यो पनि इतिहासलाई एकपक्षीय भएर हेर्नेहरुले नै लाएको आरोप हो । नत्र “युद्धकी ती दिन” जस्ता किताबका लागि पनि त्यस्तै आलोचनात्मक टिप्पणी आउनुपर्थ्यो ।
अब त सिमसारा पनि बजारमा आइसक्यो । पालो कुरेरै २ वर्ष बितेको यो किताब अब पनि नसके चाहिं अधम भइन्छ भनेर जसरी तसरी छिचोलियो । लेखकलाई नयां किताबको लागि शुभकामना ।

February 20, 2022
आफ्नै गाउँठाउँ र बाटोको कथा, मज्जा भो नि पढ्न। ♥️
August 12, 2022
Quite boring. It is not worth the time you spend. Should not have been considered for 'Madan Puraskar'. Wondering how it was made top 10
November 2, 2022
4.5/5
It was a good read. Enjoyed the book all the way. You feel as if you are in the hills walking with the characters, I would recommend the book to a friend.