Jump to ratings and reviews
Rate this book

सत्यमोहन [Satyamohan]

Rate this book
संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ ।
तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

एक सय दुई वर्षको उमेरमा पनि अविश्राम खटिरहेका सत्यमोहन जोशीले बाँचुन्जेल नेपाली पहिचानका विभिन्न क्षेत्रहरूप्रति जिज्ञासा राख्दै आएका छन्। उनले आजीवन त्यसैको खोजी एवम् अन्वेषणमा आफूलाई समर्पित गरे । प्रारम्भिक दिनमै उनी राणाकालीन सरकारी जागिरे भई। सर्भे गर्न गाउँघर पसेका थिए । सर्भेका तथ्याङ्कसँगै भोगाइहरू पनि समेटिए । त्यसले उनलाई वाङ्मय र संस्कृतिको क्षेत्रतर्फ मोडिदियो । आफ्ना अनुभवहरू उभ्याउँदै सिङ्गो मुलुककै लामो कालखण्ड बयान गर्न सक्ने उनी अब त्यो पुस्ताकै एक्लो कथावाचक हुन् । यो पुस्तक जोशीको जीवनका एकपछि अर्को चाखलाग्दो भोगाइको माध्यमबाट नेपाली समाजको लामो आरोह। अवरोहलाई चियाउने आँखीझ्याल पनि हो ।

380 pages, Paperback

First published March 26, 2022

4 people are currently reading
8 people want to read

About the author

Girish Giri

3 books

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
8 (34%)
4 stars
13 (56%)
3 stars
2 (8%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 5 of 5 reviews
Profile Image for Suresh Badal.
12 reviews1 follower
April 17, 2022
शताब्दीपुरूषको जीवनी केवल जीवनी हैन ईतिहास पनि हो । निकै रोचक लाग्यो पुस्तक ।
Profile Image for kiran kumar.
72 reviews2 followers
August 22, 2022
पुस्तक वाङ्मय शताब्दी पुरुषको जीवनी मात्र नभएर नेपालको एउटा कालखण्डको इतिहास पनि हो । बदलि‍ंदो नेपालको सामाजिक, आर्थिक, राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै एक मेहनती व्यक्तिको संघर्षलाई शब्दमा उतारिएको छ । एक शताब्दीभन्दा धेरै समय बाँचिरहेका व्यक्ति सिंगो जीवनी केही सय पृष्ठमा अटने कुरा त हुदैन तर महत्वपूर्ण घटनाहरू रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ । शताब्दी पुरुषको जीवनको अन्य पाटोहरू पनि यसैगरी अन्य पुस्तकमा पढ्न पाइयोस् ।
Profile Image for Aayush Radhika Thakur.
4 reviews
September 16, 2023
Well, I think it's a good book. It was a random pick for me. And now I think thank God I picked it up.
It provides a unique perspective of looking at the way things have changed over the life of the man. And to be able to witness all of that, be a part of all of that, contribute to all of that is really an achievement anyone would be envious of.
Profile Image for Maheshwar Giri.
17 reviews
May 28, 2022
वाङ्मय शताब्दी पुरुषको जीवनकथा पढिसक्दा मनमा ती सबै अग्रज शोधकर्ताहरू प्रति सम्मान भाव जागृत भयो जसले सीमित स्रोत साधन र औपचारिक शैक्षिक योग्यताका सीमितताका बिच पनि गहन शोधकार्यमा आधारित कृतिहरू पस्कनुभयो ।नेपाली कला साहित्यको इतिहासमा रुचिहुनेहरूले छुटाउनै नहुने।
Displaying 1 - 5 of 5 reviews