Jump to ratings and reviews
Rate this book

परदेशको पसिना: वैदेशीक रोजगारीका अर्थ-सामाजिक आयाम [Pardesh ko Pasina]

Rate this book
पुस्तकको बारेमा
पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको वर्तमानमा समाजमा महत्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न, वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा चर्चा गरिएको छ ।

विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकहरुका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरुसँग कुराकानीसमेत गरेर तयारी पारिएका यस पुस्तकमा मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका सातजना लेखहरु छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट
वैदेशिक रोजगारी यो समय र यो पुस्ताका लागि त्यस्तो परिघटना हो, जसले नेपाली समाजको कायापलटमा चुपचापै महत्त्वपूर्ण योगदान दिइरहेको छ । रेमिट्यान्सले यो देशका अर्थमन्त्रीले वाचन गर्ने बजेटका बुंदा मात्रै होइन, नागरिकले हातमा बोक्ने स्मार्ट फोनको आकार र भान्सामा पाक्ने पकवानका प्रकारसम्म निर्धारण गरिरहेको छ । यो पुस्तकले वैदेशिक रोजगारी र रेमिट्यान्सका केही आयामहरूको चित्रण गर्ने र त्यसमाथि छलफल निम्त्याउने प्रयास गरेको छ । यसमा व्यक्तिका भन्दा बढी सामूहिक अनुभूतिका कुरा छन्, कथा छन् ।परदेशमा पसिना बगाएर पठाएको धनको मात्रै हिसाबकिताब गरिने शास्त्रमा अंकहरूका बीचबाट ती मानिसलाई चियाउने प्रयास गरिएको छ, जसका आँसु र सुस्केराले भावी पुस्ताका लागि आशाको फूल फुलाइरहेका छन् ।

344 pages, Paperback

Published March 31, 2022

1 person want to read

About the author

Yagnesh

3 books

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
1 (50%)
4 stars
0 (0%)
3 stars
1 (50%)
2 stars
0 (0%)
1 star
0 (0%)
No one has reviewed this book yet.

Can't find what you're looking for?

Get help and learn more about the design.