Jump to ratings and reviews
Rate this book

सातो [Sato]

Rate this book

114 pages, Paperback

1 person want to read

About the author

Dhruba Chandra Gautam

42 books18 followers
Dhruba Chandra Gautam (Nepali: ध्रुवचन्द्र गौतम) is a Nepalese writer who has authored over 60 stories and novels most of which addresses contemporary social issues.

He received the prestigious Madan Puraskar in 2040 B.S. for Alikhit and Sajha Puraskar in 2059 B.S. for Tathakathit

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
0 (0%)
3 stars
1 (100%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Profile Image for Bikash Dumrakoti.
106 reviews6 followers
August 8, 2025
अनुहार केही निन्याउरो वा डराए-डराएजस्तो देखिँदा, ममिको अड्कल हुन्थ्यो- 'यसको सातो गयो'। त्यस्तोमा, दैलोमा उभ्याएर भाँडा माझेको पानी केही पटक मुखमा छम्कदै ममि मेरो सातो फर्काइदिनु हुन्थ्यो। बेहोसीमा रहेको मानिस जसरी पानीको छम्काइले होसमा फर्कन्छ, मेरो चेतना पनि एकाएक खुलेको आभास हुन्थ्यो। यी स्थितिहरूमा पानी नै प्रमुख तत्त्व हुँदो रहेछ। ध्रुवचन्द्रको 'सातो' को 'म' पात्रको सातो पनि झरीमा रुझ्दै गर्दा फर्कन्छ।
जन्मदै सोह्र वर्षे मानिसको चेतना लिएर जन्मेको कृष्णप्रसादमा, भौतिक आयु सोह्र पुग्दासम्म समवेदना जीवितै रहन्छ। सोह्र पूरा भएर सत्र टेक्ना साथ भने, ऊभित्रको समवेदना अचानक बिलाएर जान्छ। उसको सातो गएको हुन्छ। सातोले उसको समवेदना पनि हरेर लग्छ। सातो फर्कन्छ मृत्युको संघारमा पुग्नुभन्दा ठिक केही समयअघि मात्र।
कथा ज्यादै यादृच्छिक देखिन्छ। घटनाहरूको तालमेल नै नमिलेजस्तो। कथा जताजता मोडिन्छ त्यतै मोडिन दिम् भनेजस्तो। साथीभाइसँग चिया-गफ गरेजस्तो। यो परम्परा ध्रुवचन्द्रको अन्य पुस्तकहरूमा नदेखिएको हैन। प्रस्तुत पुस्तकमा भने यो अलि उग्र भएर आएको छ। कता घर किन्ने प्रसङ्ग चलिरहेको छ, फेरि कता कामवासनाको प्रसङ्ग! र पनि मलाई ध्रुवचन्द्रको यो शैली मन पर्छ। श्याम-व्यङ्ग्यलाई निम्नमध्यम वर्गको जीवन उतार्न उहाँले यसमा पनि भरपुर प्रयोग गर्नुभएको छ। कताकता अघिल्ला केही कृतिहरूका घटना मिसमास गर्नुभएजस्तो लाग्छ प्रस्तुत पुस्तक।
Displaying 1 of 1 review

Can't find what you're looking for?

Get help and learn more about the design.