जब कुनै श्रष्टाले आफ्नो कथा भन्न छोडेर सृष्टिको कथा भन्न थाल्छ, तब आकाश आफ्नो उही निलाम्य बैंस पाएर पग्लिन थाल्छ, आफ्नो उही ऋतम्भराको रूप पाएर धर्ती रसाउन थाल्छिन्, अस्ताचलमा डुब्न थालेको सूर्यले उषाकालको अरूणिमा वरण गर्दछ, अन्धकारमा बिलाउन थालेको जूनले पूर्णचन्द्रको आभा प्राप्त गर्छ । ठीक यही बेला सष्टिको ऋतले एकपटक फेरि आफ्ना सन्तानलाई ध्रुवताराको रूपमा स्वीकार गर्छ ।
बाआमा, सन्तान र सम्बन्ध भन्नु सृष्टिको एउटा ऋत हो । हो, यही ऋतको कथा हो- बाआमा ।
मदन पुरस्कार विजेता जोशीको लेखन शैलीको प्रशंसा गरिराख्नु त पर्दैन , यस किताबले पनि धेरैको मन जित्न सफल होला जस्तो लाग्छ। अझ कोमल मन भएका पाठकहरुको मनमा त धेरै समय सम्म यो किताब रहला। बा - आमाले कतिसम्म सङ्घर्स गर्छन आफ्नो छोराछोरीको निम्ति , कति सपना आस हुन्छ आफ्नो बालबच्चा प्रति भनेर दर्शाइएको किताबले धेरै पानामा आँखा भिजाए। बाउ आमाको मन छोरा-छोरी माथि, छोराछोरीको मन ढुङ्गा माथि भन्ने उखान सम्झाउने कथा र पात्रहरुले एकछिन मलाई पनि घोरिएर सोच्न बाध्य बनायो। एकाएक मलाई मेरै बाल्यकालमा पुराएर धेरै कुराहरु सम्झिन बाध्य पारिदिनु भयो लेखकले, उमेर ढल्किदै गएको आफ्नै मामु बाबालाई भेटौ भेटौ पारिदिनु भयो। हुन त कुनै नया विषय र नया कुरा नलेखेपनि लेखकको जादुलेनै होला प्रिय लाग्यो किताब।
बदलिदो परिवेश सँगै नेपाली समाजको वास्तविकता, यथार्थता र एक सन्तानप्रति उसका माता पिताले गर्ने दुःख, प्रेम र त्यागको वर्णन गरिएको यस आख्यानले पक्कै पनि धेरै पाठकको आँखामा आँशु पक्कै पनि ल्याउने छ। सरल तथा सजिलै बुझ्न सकिने भाषाको प्रयोग गरिएको यो पुस्तक सबै उमेर वर्गका पाठकले पढी बुझ्ने कुरामा म विश्वस्त छु।
"बाआमा" कथाले नेपाली समाजको वास्तविकता, संघर्ष र माया-ममता प्रस्तुत गर्दछ। पुस्तकमा ग्रामीण जीवनको दैनिक गतिविधिहरू, परिवारिक जिम्मेवारी र सामाजिक मूल्यहरूलाई अत्यन्तै सूक्ष्म रूपमा वर्णन गरिएको छ। जोशीको शब्दावली सरल र स्पष्ट छ, जसले सबै उमेरका पाठकलाई सहजै बुझ्न सकिन्छ। "बाआमा"को अर्को महत्वपूर्ण पक्ष यसको सांस्कृतिक प्रस्तुति हो। पुस्तकले नेपाली ग्रामीण जीवनका विभिन्न पर्व, परम्परा र धार्मिक आस्थाहरूलाई पनि समेटेको छ। यसले हाम्रो मौलिकता र संस्कारलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्छ। नेपाली साहित्यप्रेमीहरूको लागि यो पुस्तक अवश्य नै पठनीय छ।
लेखकको मदन पुरस्कार प्राप्त किताब "ऐना" पढे लगतै "बाआमा" पढ्न शुरु गरेँ। खै किन किन मलाई उनको यो किताब केही खास लागेन। लेखन शैली ठीकै छ। तर ऐना पढे लगत्तै पढेको भएर होला मलाई शैली एकलासको लाग्यो।
यो किताबको पहिलो कथाको अन्त्यसम्म मेरो अल्छीपनले पराकाष्ठा नाघिसकेको थियो। बाँकीका कथाहरु मैले जबर्दस्ती पढें, त्यहि भएर यो छोटो पुस्तक सकाउनलाई करिब २ हफ्ता भन्दा लाग्यो।
Parents, we often forget what they sacrificed in order to raise us. Couldn't stop my emotions while reading this book. Made me realize if I am being a good daughter to my parents.
Spoilers Alert!! संयोग नै भन्नुपर्छ, रामलाल जोशीका दुई पुस्तक "ऐना" र "बाआमा" पढ्ने साइत करीब करीब सँगसँगै जुर्यो । मदन पुरस्कार विजेता ऐनाले खासै उत्साहित बनाएन । ऐनामा लेखक कथा खोज्दै विभिन्न ठाउँ पुगेका छन् । तर यो समीक्षा ऐनाको होइन । अपितु, ऐनाकै प्रवृत्ति बाआमामा पनि दोहोरिएर आउँछ, जसका बारेमा तल थप चर्चा गरिएको छ । बाआमालाई लेखकले औपन्यासिक कथा सङ्ग्रह भनेको कुनै पत्रिकामा पढेको थिएँ । औपन्यासिक कथा सङ्ग्रह कस्तो हुन्छ भन्ने कुराको अर्थ पनि लेखकले नै जुराइदिए । औपन्यासिक कथा सङ्ग्रह पढेको मेरो पहिलो अनुभव हो तर कस्तो हुन्छ भन्ने तुलनात्मक भेउ नपाइ पुस्तक सकियो । बाआमामा बाआमा र छोराछोरीको वियोगका कथा छन्- कहिले बाआमा छुट्छन्, कहिले छोराछोरी । जो छुट्छ, उसैले वियोगको कथा र दुःख भन्छ । बाआमाको सबैभन्दा सशक्त पक्ष एउटै विषयवस्तुः बाआमा र छोराछोरी केन्द्रित कथाहरू कथ्नु हो । सामान्यतया, कथा सङ्ग्रहहरूमा एकै विषयमा कथा भेटिँदैनन्, केही अपवादलाई छोडेरजस्तैः दुर्गा कार्कीको "कुमारी प्रश्नहरू" । त्यस मानेमा, लेखकको प्रयास सराहनीय छ । ऐनामा जस्तै यो कथा सङ्ग्रहमा पनि सुदूरपश्चिमको भूगोल, संस्कृति, कुप्रथा र कथाव्यथा अटाँएका छन् । काठमाडौं केन्द्रित साहित्य माहोलमा लेखकले यो कथा सङ्ग्रहबाट फेरि एकपटक सुदूरपश्चिमको उपस्थिति बलियो बनाएका छन् । कथामार्फत सुदूरपश्चिमका गाउँटोलको भ्रमणले आनन्दित बनाउँछ । त्यसका लागि लेखकलाई धन्यवाद । कथा सङ्ग्रहको भाषा सम्पादन बलियो छ । कथा सङ्ग्रहमा खास कथा भने छैनन् । एक-दुईवटा कथा छोड्ने हो भने अन्य कथा सपाट छन् । जोशी आफ्नो पुस्तकमार्फत फेरि एकपटक दुःखका व्यापारी भएका छन् । उनी कुनै पात्रलाई भेट्न जान्छन् वा पात्र उनसँग ठोक्किन आइपुग्छन्, जोशी एउटा प्रश्न गर्छन्, पात्र फटाफट आफ्नो कथा बताउन थाल्छन् । कथा के भनौँ र, दुःखको बयान गर्छन् । मानौँ कि ती पात्रले जोशीलाई नै आफ्नो कथा सुनाउन पर्खिरहेका छन् र उनी आइपुग्ने बित्तिकै व्यथा कथ्न शुरु गर्छन् । जोशीले तिनै दुःखलाई कथाको रूपमा प्रस्तुत गरेका छन् । यो ऐनामा पनि लेखकले अपनाएको तरीका हो । कुनै कुनै अवस्थामा बाहेक, यसरी एक्कासी झुल्किन आउने पात्रको चरित्र निर्माण फितला छन् । कतिसम्म भने, कुनै कुनै कथामा त पात्रले बोल्ने बोली पनि कथाकारकैजस्ता छन् तर पात्र बाँचेको भूगोल भने भिन्न हुन्छ । उदाहरणका लागि, "निर्निमेष" भन्ने शब्द कथा सङ्ग्रहभरि पात्र र लेखकबाट पटकपटक दोहोरिन्छ । कथालाई रोमाञ्चक बनाउने उपयुक्त समापन कुनै पनि कथामा भैटिँदैन । कुनै कुनै कथा त यति सपाट र निरस छन् कि कथा कहिले सकिएला भनेर पट्यार नै लाग्छ । ऐना भर्खरै पढेर बाआमा पढेकाले कथाकारबाट धेरै अपेक्षा गरेको थिइनँ, गरेको भए झनै निराश हुने थिए ।