सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।
सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।
इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।
पुस्तकको पहिलो आवरण सामाजिक सन्जालमा आएसङ्गै जिज्ञासा थियो कि पुस्तक कस्तो होला, के कस्ता पात्रहरुद्वारा कथनी बढ्छ र के चै नयाँँ छ होला भन्ने सम्बन्धी। समर लभ, साया, मनसुन र प्रिय सुफी मार्फत् युवाहरुको ढुकढुकी बनेका सुबिन भट्टराई युवाहरुमाझ ब्रान्ड नै बनेका छन्। जसको साक्षी बुक लन्चका दिन लाग्ने युवाहरुको अनि अन्य पाठकहरुको बाक्लै भीड हुने गर्दछ।झन् ; पुस्तक निस्केको साल त उनी आफुलाई बेस्ट सेलर राईटरको रुपमा धेरै लिस्टमा अटाउछन् जसरी अटाएका छन् पाठकहरु मन र मस्तिकमा। पुस्तकका सेटिङ्ग र लोकेसन चयन गज्जपको गर्दै पाठकहरुलाई पढिरहेको बखत ति स्थानमा सयर गराउँछन, मोहनी लाउँछन र पात्रहरुका ईमोसनलको बहावमा मजाले डुबाउँछन्, उतार्छन् र एउटा अमिट छाप छाड्छन्। अहिलेका युवा जमातका प्रेमका आरोह- अवरोह सरल, सहज र मजेदार शैलीमा प्रस्तुर गर्ने आर्ट बहुतखुब लाग्छ उनको।
उनको नवोदित कृति ' इजोरिया' नाम मात्रै experimental हैन, उनका विगतका कृतित्वभन्दा एकदमै फरक लाग्यो। एउटै तौर-तरिकाको लेखे , नयाँ कुरा दिएनन् , सेम फर्मुला रिपिट रिसाइकिल गरे भन्नेहरुका लागि यो कृतिले उनी नयाँ प्रयोग नि गर्न सक्छन् है भन्ने देखाउँछ। पाठकका रुपमा मलाई उपन्यासले सुरु देखि अन्त्यसम्मै बाधेर राख्यो र साथसाथै जनकपुरको पावन भूमिमा मधेशको हावासङ्ग कावा खाँदै पात्रहरुमा आँफैँलाई ढाल्दै मजेदार सफर गरायो। रेल चढायो, खेत खलिहान र तराईका वस्तीहरुमा गामगमाइत गरायो, पन्सुरीको दोकानबाट मिठा पान खिलायो, वात्सल्यका दिनमा केही पर पुर्यायो , र अलिकता आफू उतैको भूमिमा जन्मेर यता हुर्के तापनि बाल्यकाल र युवाकाल केही उतै बिताएको भान गरायो। आफ्न अघिल्ला कृतिभन्दा उनको कथान शैली, परिवेश चयन र पात्रहरुको प्रस्तुतीकरणमा केही नयाँपनको आभास गरे मैले। ठेट मधेसी भाषा प्रयोग, गामठामका आयाम वियाम र मिठो description ले मोहित गरायो। उपन्यासको भाग एकमा मैले नयाँ Improved, Daredevil experimentalist र आफ्नो कम्फर्ट जोन भन्दा फरक कलम चलाउने सुबिन जि लाई पाएँ भने; भाग दुईमा युवाहरुमा क्रेज जमाएका Trend-setter सुबिन जि पाएँ। भाग तीनमा अलिअलि अर्को बुकको लागि सन्दर्भ पाइने आश पाएँ।
उपन्यास मलाई रोमान्स नबल, फिलोजोफिकल संग्रह, सामाजिक चित्रण, अनेकन् ईमोसन अनि अन्य content-context को सामन्जस्य भएको ककटेल, मकटेल र 'सक'टेल लाग्यो; एकदमै मिठो र यादमा बसिरहने। साँच्चै नढाटी भन्दा पुस्तकको लाइन - " जुन त घरको एउटै आँगनमा झरेको थियो, खै किन किन कोठा सबै उज्यालो हुन सकेन" कतै नमिलेको हो कि , बेमेल ननसेन्स हो कि जस्तो लाग्थ्यो तर ; पढेसी पुरापुर सेन्स वला अनुभुव भयो। उपन्यासमा मायाप्रेम, विद्रोह, बाबुछोरीबीचको तनव र माथापच्चीसी, पवनीको जोश, जोश र जाँगर, अभिभवक हुनुको अर्थ, प्रेम र विवाह्, प्रेम र यौन, मनोवैज्ञानिक सन्दर्भ सबै पाएँ। अभिभावक हुनाको आशय सन्ततिका लागि हिम्मत, प्रेम, केयर र रक्षाका अलावा मिठो सम्बन्ध बनाउने भएपनि कहिलेकाही बा वा आमाको गल्तीका कारण सम्बन्धको गाँठो जेलिन्छ भन्ने बुझेँ। मिसकम्युनिकेसन , सकारत्मक नाता र विश्वास नहुंदा आउने समस्या र दुरीको ज्ञान पाएँ।
पात्र चयन पनि मजेदार लाग्यो - बा शंकर, आमा रमिला, छोरीहरु शिरिष र सिम्रिक ( मेन रोल भाकोले याद भा ), ठाकुर, रामबली, कहावत चाचा, ठाकुरकी माई, बिशनलाल, प्रशान्त, अभियान, गजराज, आदिमा आफ्नै समाजका पात्र र चिनेका नचिनेका अनुहारहरु सम्झेँ। कथानक कही कतै हतारमा बगे जस्तो, कतै अनावश्यक लामो खिचिएको जस्तो र कतै ढिला कछुवा गतिमा हिंडेजस्तो भान हुन्छ कसैलाई। तर, मलाई चै मजै सङ्ग तान्यो र समय पनि लेखकका अघिल्ला कृति भन्दा ट्याम नि लाग्यो सक्न ------हेभी र सिरिअस , गम्न पर्ने र बीच बीचमा रोकिदै मन परेका लाइन र ज्ञानका कुरा नोट गर्न परेकोले।उपन्यासमा सबै थोकको बुफे डिनर पाएँ -- रोमान्स चाहिए रोमान्स, अहिले कोलिन हुभरका फ्यानहरुलाई तान्ने अलेली Steamy रोमान्स, सोच्न मन लाग्ने फेमिनिजम, ग्रामीण समाजशास्त्र, साईकोलोजिकल कन्टेक्स्ट, कल्चरल ककटेल, मधेशको जनजीवन र चाडबाडको मिठो वर्णन, युवावस्थामा झाङ्गिने प्रेम र आकर्षण अनि अहिलेको जमना देह-रुपी मायाप्रेमका आयाम।
उपन्यासमा मलाई अझ बदलिएको समयमा देखिएको , आभास हुने र भोगेको सुनेको पढेको भन्दा फरक माया-प्रेम, विवाह, जीवन- जगत्, मान्छेका रङ्गबारेको गहन फिलोजोफी। मदेश आन्दोलनका कारण आफ्नो घर- जग्गा सस्तो भाउमा बेचेर मधेश चाडन परेकाहरु, सुरक्षा फौज र आक्रोशमा डुबेका मधेशी युवाहरुको अवस्था , जन युद्धमा अनेक सपना देखेर सामेल भएको को कथा व्यथा केही च्याप्टरमा पाएँ। केटा र केटी Best Friend मात्रै रहिरहनै सक्दैनन् भन्नेहरुका लागि सिम्रिक र ठाकुर (रङ्ग-रोगन नमिलेको भन्दै गिज्याइएका) को दोस्तीले दिल जित्यो। आमा हुनाको भाव, प्रभाव र स्वभाव पनि मजा सङ्ग ईमोसनका साथ लेखेका छन्। छोरीको विद्रोह, बाबुसङ्गको टकराव , नियमित पौठेजोरी र त्यसको कारण थाहा हुँदा मुटु ढक्क हुन्छ। बलात्कार, पारिवारिक कलह र family violence अनि sexual exploitation को प्रसङ्ग अनि न्यायको खोजीवाला पक्ष अझै बलियो हुन पर्ने कि जस्तो नि लाग्यो केही बेर। तर; overall मा भन्नु पर्दा उपन्यास मलाई सबै थोक मिलेर पकाएको मिठो खिचडी झैँ पनि लाग्यो है। अर्को कुरा , उपन्यासमा केटा र केटीको सम्बन्ध यौनको परिधिबाहिर स्वच्छ, सहज र सरल बन्न सक्छ भन्ने नि मजाले देखाउनु भएको छ। Critically हेर्दा केही flaws छ पक्कै उपन्यासमा तर मलाई पाठकका रुपमा भन्नुपर्दा उनको अघिल्लो भन्दा एकदमै पृथक लाग्यो यो उपन्यास। पुस्तकमा बा आमाको घृणा र गाली अनि कुटपिटमा पनि प्रेम अप्राप्य र अव्यक्त रुपमा रहेको हुन्छ भन्ने देखाएको छ। सन्तान र अभिभावकका बीच उब्जने तिक्तता , कन्फ्लिक्ट र तनावको पनि reflection पाएँ मैले ! समग्रमा भन्नु पर्दा मलाई 'इजोरिया' यस्तो लाग्यो :---
इजोरिया गुमेको वात्सल्यको कथा हो। इजोरिया लुटिएको अस्मिताको कथा हो। इजोरिया मधेशको माटोको कथा हो। इजोरिया आशा- भरोसा र निरासाको कथा हो। इजोरिया अस्तित्व लडाईंको कथा हो। इजोरिया स्वतन्त्रताको कथा हो। इजोरिया छोरीको विद्रोहको कथा हो। इजोरिया आमाको मौनताको कथा हो। इजोरिया बाबुको निर्दयी निर्मोही कुटपिटको कथा हो। इजोरिया त्याग र बलिदानको कथा हो। इजोरिया भविष्य निर्माणको कथा हो। इजोरिया तिता-मिठा सपनाको कथा हो। इजोरिया जीवन- जगतको कथा हो। इजोरिया भोगाइको कथा हो। इजोरिया टुट्ने- फुट्ने-जुट्ने प्रेमको कथा हो। इजोरिया मारिएका- मासिएका रहरको कथा हो। इजोरिया स्मृतिको कथा हो। इजोरिया अमिट वात्सल्यका यादको कथा हो। इजोरिया मधेशी माटो-बाटो- घाट को कथा हो। इजोरिया स्वच्छन्द उडानको कथा हो। इजोरिया न्याय प्राप्तिका लागी गरिएको प्रयासको कथा हो। इजोरिया परिवर्तन र परावर्तनको कथा हो। इजोरिया दबिएका आवाजअको कथा हो। इजोरिया अटल हिम्मतको कथा हो। इजोरिया साहित्यिक कला र experimental arts को मेलोडी भएको कथा हो।
"Izoriya" fell short of my expectations, and I believe it may have been overhyped. The book lacked proper character development, leaving me unsatisfied with the story's progression. The characters' maturity didn't match their ages, and the plot felt unnecessarily dragged out with extraneous characters. However, there was a touching and well-written part involving Prashant's deceit towards Simrik. Subin Bhattrai's attempt to explore a different style in this novel may not have been as successful as his skill in crafting love stories.
I recorded the audio of myself reading the whole book. The ending was probably worth only 4.5 stars but I give the book all five stars. I'm magnanimous. I could have taken about ten days more if one of my listeners hadn't finished reading what I had read and sent on WhatsApp so quickly. I've probably read all the books by this author now. I'll read anything that he writes.
सुबिन भट्टराईको छैठौं कृति इजोरीया मिथिला भूमिमा रचिएको कथा हो। तीन पुस्ताका महिला माथि पितृ सत्तात्मक समाजले गरेको दमन र अत्याचारको कथा हो। लेखकको पहिलेका कृति जस्तै भाषा मिठो र सरल छ। मैथिली भाषा भएको ले कति ठाउँमा बुझ्न कठिन पर्दछ। लगभग ५०० पृष्ठको उपन्यास भएपनि कथा र भाषाले पाठकलाई पुस्तकमा राखी रहन सफल लेखक भएका छन्। भट्टराईको नवीन प्रयोग र शैली यहाँ देख्न पाइन्छ।
Book is long compared too short main story. Writer spends more than 200 pages in establishing a character. You won't miss any storyline if you just read first and last 100 pages.
एउटा सामान्य ठाउँको सामान्य परिवारको सामान्य मान्छेहरूको कथा। देशमा असामान्य कुरालाई कसरी सामान्य रूपमा लिने गर्छ भन्ने कथा।
यो किताबको माध्यमबाट सुबिन सरले हाम्रो समाजको एउटा तीतो पक्षलाई देखाउनु भएको छ। छोरा छोरीबिच थाहा नपाई गरिने भेदभाव, नारीलाई केवल श्रीमती, बुहारी र आमाको भूमिकामा मात्र सिमित राख्ने, कसैले शारीरिक दूर-व्यवहार गरेमा आफ्नो इज्जत बचाउन चुप बस्नु पर्ने सोच, श्रीमानको कुटाईलाई माया हो भनेर सहनु पर्ने, अन्याय सहेर हाँस्नु पर्ने वाध्यता, श्रीमानको घरबाट निकाल्देला भनेर अन्याय सहनु पर्ने वाध्यताआदि।
मायादेवीको कथाबाट नारीको जीवनको एउटा नमिठो सत्य देखाइयो। सन्तान सुख दिन नसक्दा परिवारको हेपाई। उसको कथा पढेर लाग्यो कि विवाह त केवल वंश अघि बढाउन मात्र गरिन्छ। नारीले आफू आमा बन्न नसक्दा देखाउन नसक्ने र एकलैंमा रूनु पर्ने बाध्यता र आफू गलत नहुँदा पनि अरूको लागि जीवनसँग गर्नु पर्ने सम्झौता।
रमिलाको कथाबाट हामी नारीको विवशतालाई बुझाइयो। विवाह पछि श्रीमानको घर नै आफ्नो संसार बनाउँनु पर्ने समाजको नियम। रमिलाको श्रीमानले उसलाई जति सुकै कुटाई पनि सहेर बसी, मात्र यो दरले कि उसलाई घरबाट निकाल् दिन्छन्। रमिलाले आफ्नो अस्तित्व गुमाएर आफ्नो संसारलाई खुसी बनाउँदै राखिन्, तर उसको त्यागको मूल्य उसको श्रीमानले कहिल्यै पनि बुझेन। नारीले जति त्याग गरेपनि कम नै हुन्छ। कोखबाट छाेरी जन्मिँदा गरिने व्यहवार र छोरा जन्मिँदा गरिने व्यवहार देखाइयो।
शिरीष आजको जमानाको नारी, सही र गलत छुटाउन सक्ने, कसैको अत्याचार सहन नसक्ने, र आफ्नो हितको लागि लड्ने आँट भएकी। शिरीषले जुन कदम उठाई त्यो एकदम गलत थियो, तर उसले त्यो कदम नउठाएको भए सिम्रिकको कथा अघि बढ्ने थिएन। थोरै पाना हरु बाटै धेरै कुरा भनेर गई, कथाको महत्वपूर्ण हिस्सा बनेर गई। आफ्नो मान्छेले नै साथ नदिँदाको पीडा।
सिम्रिकले जानी नजानी धेरै ठीक र बेठीक कामहरु गरी। कुनै ठाउँमा मलाई उ ठीक लागि र कुनै ठाउँमा गलत। दिदीको लागि उसको माया एकदमै मन छुने थियो। जीवन ज्यूँदै र उमेर बढ्दै गएपछि सिम्रिक बुझ्ने हुँदै गई। उसले आफ्नी दिदी को लागि धेरै गरी र पछि गएर आफ्नी आमाको दुःख पनि बुझी। बुवाको हेपाई सहँदै र कुटाई खाँदै हुर्केकी सिम्रिक मेहेनत गरेर बुवाको घर छोडि आफैमा ज्युन सकि। पढलेख गरेकी हुनाले उ आफ्नो खुट्टामा आफै उठ्न सकी, हजुरआमा, आमा, भाई र बहिनीको जिम्मा लिन सकी। एक आत्मनिर्भर नारी बनेर देखाई।
ठाकुर, सिम्रिक र रामबली को मित्रता एकदम गहिरो लाग्यो। ठाकुरले सिम्रिकलाई कहिलेपनि आफू भन्दा कम सोचेन। सिम्रिक महिनावारी हुँदा ठाकुरले प्याड किनेर दिएको एकदम राम्रो थियो। ठाकुरले समाजमा बुझ्ने पुरुषहरु पनि छन् भनेर पुष्टि गर्यो।
रघुनाथ, गजराज र शंकरको द्वारा समाजका केहि पुरुषहरुका झलक देखाइयो। आफ्नो छोरी, श्रीमती, बुहारीलाई सकेसम्म दबाएर राख्ने, उनीहरूलाई कुटपिट गर्ने, आफ्नो इज्जत भन्दा माथि केहि पनि नसोच्ने र अरूको इज्जत सँग भने खेलौना झै खेल्न। नारी माथि हात उठाएर आफूलाई शक्तिशाली पुरुष ठान्ने।
हामी एउटा यस्तो समाजमा बस्छौं जहाँ अत्याचार गर्ने भन्दा अत्याचार सहने मान्छे समाज सँग डराउँछ। आवाज उठायो भने आफ्नो इज्जत जान्छ भन्ने सोच अझै पनि हाम्रो समाजमा छ। त्यही भएर त रमिल चुप रही।
शिरीषको दाइरी भेटे पछि कथाले बेग्लै मोड लियो। सिम्रिक र रमिलाले आफ्नो लागि आवाज उठाए। सबै भन्दा राम्रो कुरा भनेको सुबिन सरले समाजको वास्तविकता ढल्काएर लेख्नु भयो। सिम्रिक र रमिलाले केस हार्नु भनेको हाम्रो समाजमा हुँदै आएको तीतो सत्य हो।
ईजोरिया बाट सुबिन सरले हाम्रो देशको नारीहरुको अवस्था झल्काउन भयो। नेपालको धेरै ठाउँमा त अहिले नारीले धेरै प्रगति गरेका छन् तर कुनै कुनै ठाउँमा अझै पनि नारीलाई अघि बढ्न बाट वञ्चित गरिएका छन्, त्यो पनि आफ्नै घर परिवारकाले।
Only engaging part about this book was the friendship between Rambali and Thakur (which covers just 5% of the book) . At first, i really thought the story was going somewhere and characters were shaping themselves beautifully but it didn't take long enough to change that expectation of mine and i was disappointed throughout the remaining story. I couldn't root for the main character herself as her character was all over the place. I couldn't figure out if writer was trying to make her rebel or antihero or just spoiled kid. It became even more mess when her behaviours were glorified by other characters and she never really cared enough to reflect on some of her behaviours. It was difficult to get invested in her storyline while she's the main character herself. Rather, Shirish's limited appearance was more interesting. Lots of sensitive topics were explored but they didn't get justice due to unnecessary plots that contributed little to nothing to the story. So, those sensitive topics felt rushed and forced. Thakur was well written character but at times, even he was unrealistically green flag which came off as writer trying to write "woke" character, Rambali and Maai were the most well written character. If Ramila's psychology was well explored, the sensitive topic might have gotten a better justice, in my opinion. Another recurring character, Kahawat chacha also managed to shine well in his limited appearances. And, age of character and behaviour of character according to that age, didn't align well for me. And lastly, i feel like writer tends to write lots of symbolic lines and metaphors when there is no necessity of it. They were overused making the reading process rather more draining. Having said that, some metaphorical lines did land well as the situation asked for it. I wish the writer would write the female story with proper research on female psychology since the writing had really prominent male essence.
This entire review has been hidden because of spoilers.
मलाई सुबिन भट्टराईको कृतिहरू मनपर्छ किनकी उनकै कृतिहरूले नेपाली साहित्य संग मेरो आत्मियता बढायो।यस पुस्तकमा मानसिक स्वस्थ, किशोर उमेरकी छोरी र उसको बुबा बीचको विपरीत विचार धारणा, महिला शोषण जस्ता विषयहरू उठाइएको छ जुन संवेदनसील विषयहरू हुन् तर जसरी प्रस्तुत गरिएको छ त्यसमा कता-कता कथा र पात्रहरू बीच केही छुटे जस्तो, केही नपुगे जस्तो र केही अन्तर रहेको महसुस भने हुन्छ। केही पात्रहरू हुनु र नहुनुको औचित्य पुस्तकको नाउँ ‘इजोरिया’ को जति थियो उस्तै लाग्यो। मेरो अपेक्षा अलि बेशी थियो यस कहानीमा इजोरिया नाउँको प्रयोग र औचित्य प्रति। ईजोरियाले पात्रहरूको खुशी, दुःख, आँशु, पीडा र परिवर्तन सप्पैलाई नियालेको देखाइएको भए कथाकारका लेखाइको आधारमा राम्रो हुन्थ्यो कि?? वास्तवमै यो कथा महिलाको, माया र ममताको, मधेशको, मुटुको, मित्रताको कथा हो, तर मैले अलमल्ल, अभाव र अन्यौलता धेरै महसुस गरें।
प्रिय सुफि पढे पछि जुन आत्मियता सदा संग जोडियो, जुन सदालाई भेट्ने असम्भव तल-तल लागिरहेको थियो त्यस्तो सम्बन्ध यहाँ सिम्रिक संग जोड्नै सकिन।सिम्रिक बलियो र सबल पात्र हुन् र उनका साथी, ठाकुर झनै विशेष तर पनि केही कुरामा अन्यौल र अभाव खट्किरहेझैं भयो। जसरी सर्वत्र विक्री हुन सफल भयो पुस्तक त्यसरी नै पुस्तक सर्वत्र रूचाइयोस् र रूचाइएको पनि छ। नेपाली साहित्यप्रतिको योगदानको लागि धन्यवाद साथै शुभकामना। 🙏🏽 ——— केही मिठा शब्दहरू— 🌵”चाहे त्यो सपनानै किन नहोस् आफूलाई धेरै माया गर्ने मान्छेको हात छुट्नु भनेको त सास छुट्नु जस्तै पो हुँदो रहेछ।”
🌵”इच्छा नै गर्नु त हो भने फेदको इच्छा किन गर्नु? चुचुरो कै इच्छा गरौं न । झरे पनि एउटा लामो छलाङ होस् । टुक्रिए पनि एउटा ठुलो कम्पन आओस्, बाँच्दा एउटा सानदार जीवन होस्। अनि मर्दा पनि एउटा वजनदार मृत्यु होस्।”
🌵”मर्नुभन्दा पीडादायी संसारमा अर्थोक केही छ भने त्यो त बाँच्नु नै होला।”
🌵”परिस्थिति जस्तोसुकै कुरूप किन नहोस्, सपना त सबैका सुन्दर हुन सक्छ।” 🦋 #शुभपठन
उपन्यासमा केहि त्रुटी भएनी समग्रमा राम्रै छ. १. अनावस्यक रुपमा नेपाली भाषासंग मैथिली शब्दहरु प्रयोग भएका छन् . शायद रोचक बनाउनलाइ होला, तर पढ्दा मतलब खोज्न अन्तिम पाना तिर जानु पर्ने भएकोले शुरु शुरुमा बिरक्त लाग्छ. २. उपन्यासमा प्रयोग भएका मैथिली शब्दहरुको नेपाली मा मतलब अन्तिम पृष्ठमा दिएता पनि कतिपय मैथिली शब्दहरुको मतलब दिएको छैन, जसले गर्दा पाठकलाइ लाग्छ कि ति शब्द नेपाली ठेट शब्द हुन् कि मैथिली शब्द हुन् . ३. उपन्यास को शुरु शुरुमा धेरै मैथिली शब्द प्रयोग भएता पनि पछि पछि मैथिली शब्द को प्रयोग कम हुदै गएको छ. ४. भाषिक त्रुटी पनि छन्, जस्तै गाडी संग बाइक जुध्न बाट अलिकतिले बच्दा "झन्डै नजुधेको" लेखिएको छ, खासमा "झन्डै जुधेको" हुनु पर्ने हो .
जे जस्तो भए नि पढ्नमा चाँही मज्जा आयो, यो उपन्यासको मुख्य पक्ष भनेको अन्त्य हो , यो उपन्यासमा कुनै सटिक अन्त्य छैन, लेखकले पाठकलाई नै अन्त्य अड्कल काट्न छोडिदिएका छन् .
"जति एक्लिन खोजे पनि मानिस आफैमा सीमित हुन सक्दैन । जति भागे पनि कहीं त गएर ठोक्किनै पर्छ । भाग्नुको मोह आवश्यकता क्षणिक लहड मात्र रैछ । यो भागदौडमा मित्रभित्र हुकिरहेको एउटा न्यास्रोको उच्छ्वास पसिना काढिए जस्तै काढिएर निक्लिन्छ र जीवनको कुनै मोडमा पुगेर त्यसले लतपत पारिदिन्छ । यस्ता सयौं सुस्केरा र उच्छ्वास अनि भक्काना छन्, जो तिमीलाई सम्बोधन गरी सयौं पटक भावावेशमा लेखेर पनि कुनै अज्ञात प्रेरणाले एक सनकमा मेटिदिएकी छु, कुनै सन्काहा साइकोप्याथले आफ्नै कन्चटमा पेस्तोल राखेर ट्रिगर दबाए झै ।"
"बडो अद्भुत छ, मान्छेको विचार । अरूको जिन्दगीको अँध्यारो सापटी लिनुपर्ने, आफूभित्रको माया उज्यालो र गाढा बनाउनलाई । अरूको जीवनका साँधुऱ्याइहरू पार गरेर आएपछि खोजिन्छ, आफूभित्रको फराकिलो मायालाई ।"
As a reader and a woman, I found "Ijoriya" deeply impactful. It was much more than just a book. In "Ijoriya," Subin skillfully addresses the struggles women face, portraying their challenges and emotional depth with authenticity and empathy. His transition from writing love stories to a more diverse range of themes adds significant depth to his work, making "Ijoriya" both complex and touching. The way he captures heartfelt moments and weaves them into the narrative makes the book particularly resonant, showcasing his growth as a writer and deeply affecting readers.
It was not 5 for me because of the ending and somethings felt little off.
This book is about a girl from Madesh region serching for the cause of her sister suicide. The starting is good overall and the story is also good. I got bored in the middle of the story. The character doesn't go according to age. There are many Maithili words used in the story, so we have to skip many sentences. This book is based on old age but it also includes some of the modern things, which is quite not good. The ending of this book is epic, all the suspences are reveled wich is awesome.
इजोरिया एक सुन्दर प्रेमकथा हो, जसमा सस्पेन्स र रहस्यको स्वाद मिसिएको छ। भट्टराईले कथा यसरी लेखेका छन् कि पढ्दै जाँदा पढ्ने मन बढ्दै जान्छ। उनको लेखाइले पात्रका भावना र घटनाहरूलाई यति जीवन्त बनाएको छ कि कथा मनमै बस्छ। तर, कहिलेकाहीँ मधेसी भाषाको प्रयोगले अर्थ बुझ्न अलि गाह्रो भयो। त्यसबाहेक, उनको लेखनले पाठकलाई आफ्नो दुनियाँमा तान्ने क्षमता राख्छ। समग्रमा, इजोरिया एक राम्रो रोम्यान्स र सस्पेन्स मिसिएको पुस्तक हो, जसले भट्टराईलाई आकर्षक लेखकको रूपमा चिनाउँछ।
Ijoriya highlights female liberation through a strong, independent female lead and Subin Bhattarai’s soft, graceful writing style. The message is empowering and relevant.
However, while the idea is strong, the story doesn’t fully build an emotional connection. It’s thoughtful and calm but lacks moments that truly draw the reader in. A good read for its theme and perspective, though not deeply impactful.
यो पुस्तकले लेखकका लागि एउटा नयाँ बाटो खोलिदिए झैँ लाग्यो। Cliche हरुको सङ्गालो भन्दा निकै माथी छ यो पुस्तक। अघिल्ला पुस्तक हरु पढीसकेर यहाँ आइपुग्ने पाठकले सुबिनको लेखाइ को राम्रै स्तरोन्नति भएको पाउनेछन्। अघिल्ला पुस्तक हरुभन्दा केही अलग बनेको छ।अब्बल नै त भन्न अलिक नमिल्ला light read को लागि राम्रो नै हो, serious literature खोज्ने हरुका लागि भने अझै केही खड्किए झैँ लाग्न सक्छ।
इजोरिया एक भावपूर्ण र गहिरो उपन्यास हो, जसमा प्रेम, मित्रता, पारिवारिक संघर्ष र सामाजिक चुनौतीहरूलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ। कथा मधेस क्षेत्रको परिवेशमा आधारित छ र पुरुषप्रधान समाजमा महिलाहरूको संघर्षलाई उजागर गर्छ। सुबिन भट्टराईको लेखन आकर्षक र जीवन्त छ, पात्र र परिवेश सजिलै आँखामा झल्किन्छन्।
Another masterpiece of Subin Bhattarai where he run his pen differently addressing the psychologican traumas most of the teenagers facing because of the family issues and bold fight against it.
I started to read it because of its hype and believe me,its worth it.The ride of emotions through the book can't be explained in words.The plot developed around the suicide of a girl and her sister trying to decode the mystery of the suicide.The constant oppression of male on female in the terai region was perfectly reflected in this book.The twists in the story spiced it up and the redemption of the characters lit me up.The title itself is ironical and the ending, my god!To conclude,it is one of the best book in nepali literature for me.
It was such a sensitive book but the writer didn't even gave any trigger warnings. It talked about topics like suicide, domestic violence, sexual harassment, rape and some people are really sensitive towards those topics. Overall the writer did an amazing job in writing this book. I loved the book but it would have been better if I knew what I was reading about before starting the book.
Such an interesting story, it shocked me like 3 times and more. Although the use of Maithali words makes it difficult to understand sometimes, it's good, it feels like someone's real story, and who knows,maybe it is.