Jump to ratings and reviews
Rate this book

प्वाँख [Pwakh]

Rate this book
'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् । - नवराज पराजुली
के कविताहरू प्वाँखजस्तै हलुका भईकन पनि बोधको गहनताले भरिएका हुन सक्छन् ? जीवनको चञचलताल भरिएका हुन सक्छन् ? भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्छ उसका कविताहरू, नत्र कवितालाई दुख्छ । अलिकति जोडले पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । शब्द मात्रै पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । बेस्सरी पाना पल्टाउँदा वा कुनै अर्को किताबको मुनि थिचेर राख्दा पनि उसका कविताहरूलाई दुख्छ । उसका कवितालाई अपनाउन मान्छेमा कम्तीमा आमाको त्यो संवेदनशीलता जरुरी छ । - नदीश

112 pages, Paperback

1 person want to read

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
1 (25%)
3 stars
1 (25%)
2 stars
2 (50%)
1 star
0 (0%)
Displaying 1 - 2 of 2 reviews
Profile Image for Sudarshan.
69 reviews17 followers
September 17, 2023
2.5

नवीन प्राचीनले धेरै कविता किताब छाप्नकै लागि हतारमा लेखेजस्तो। केही कविता निकै सुन्दर छन्। खासगरी छोटा कविताहरू। तर प्राय (आधा भन्दा बढी) कविताहरू too conceited, too preachy, छन्। कविता पढेपछि पाठकमा आउनुपर्ने भाव कवितामै लेखिएको छ। मानौँ कविता कविले आफ्नो लागि मात्रै लेखेका हुन् र पाठकसम्म पुग्न असमर्थ छन्। उभिएर एक्लै र यसमा आकाश जमीनको फरक पाएँ। यो संग्रह बढिनै internalised छ। कविता भन्दा बढी musings हरु जो आत्मरति बाट माथि उठ्न सकिरहेका छैनन्। कविताहरूलाई शीर्षक नदिने प्रचिनको निर्णयको विषय हो तर theme मा समान भएकाले यि कविताहरू शीर्षक बिना बेवारिसे लाग्छन्। एउटाबाट अर्को कवितालाई छुट्टयाउन हम्मे-हम्मे पर्यो। केही कविता भने निकै राम्रा छन्।

प्रश्न यो होकी केही राम्रा कविता पढ्नको लागि धेरै औसत कविता पढ्न कोही इच्छुक हुन्छ कि हुँदैन?
Profile Image for Jaiseri.
206 reviews15 followers
December 12, 2024
विप्लव प्रतीकको “साडेनफ्रोइडा” लगत्तै समाएकोले होला राम्रो लाग्यो । अलि चित्त नबुझेको चाहिं ट्रक साहित्य शैलीका छोटा “कविताहरु” थिए । प्रयोग ठीकै हो तर छोटै लेख्न मन भए हाइकु या मुक्तक लेखे पनि भयो । अनि कविताहरुका शीर्षक छैनन् । जांगर नचलेर हो कि के हो बुझिएन ।
Displaying 1 - 2 of 2 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.