पानीका लागि काकाकुल भएको देशको राजधानीले प्राचीन समय देखि अवलम्बन गर्दै आएको पानी व्यवस्थापनको प्रणालीको परिचय यो किताबले दिन्छ । अलि धेरै सूचना भएकाले र अब के होला भन्ने खालको कौतुहलता जगाउने विषय नहुनाले बेला बेला किताब पट्यार लाग्दो पनि हुन्छ । त्यसैसे पनि यो किताब पढ्न निकै समय लाग्यो । तर यसमा भएका जानकारी साह्रै महत्वपूर्ण छन् । उपत्यकाको पानीको समस्या समाधानका लागि मात्रै नभएर देशभरको पानीको समस्या समाधानका लागि हिती प्रणाली कसरी सहयोगी सिद्ध हुनसक्छ भन्ने कुरा पनि किताबमा पढ्न पाइन्छ । बाक्लो गाला भएको संस्करण केहि महंगो छ । पातलै गातामा पनि त्यहि ज्ञान भेटिन्छ होला । बांकि आ-आफ्नो रहर 🙏🏽
Hitis in itself are such a historical yet less researched topic. Writing a whole book in this topic is commendable. Just feel that the book could be better written for a wider audience and some ideas could be better approached.