Jump to ratings and reviews
Rate this book

एक्लो [Eklo]

Rate this book
एक्लो श्रीको कथा हो ।

श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् ।

सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन ।

एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो - यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।

494 pages, Paperback

First published December 6, 2022

21 people are currently reading
197 people want to read

About the author

Buddhisagar

8 books349 followers
Buddhisagar (Nepali: बुद्धिसागर; born 2 June 1981) is a Nepali writer. He is best known for his novel Karnali Blues and Phirphire.

Buddhisagar was born in Matera, a place in Kailali district of Nepal. Later his family moved to Katase Bazzar and finally Kalikot district. His debut and most popular novel Karnali Blues is also set in these locations. He was passionate about writing from early age. From a very early age, his poems were played on radios. He moved for Kathmandu after passing his School Level. On moving to Kathmandu, he studied journalism at RR Campus. He was a journalist of Naya Patrika and Nagarik News before he set his career as a full-time writer.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
63 (28%)
4 stars
109 (49%)
3 stars
36 (16%)
2 stars
9 (4%)
1 star
4 (1%)
Displaying 1 - 30 of 35 reviews
Profile Image for Aashruti K.C.
228 reviews60 followers
January 14, 2023
Swedish लेखक "Fredrik Backman" मेरो प्रिय लेखकमध्ये एक हुन् , बुद्धिसागरको किताबहरुको मलाई त्यहि किताबहरुको सम्झना दिन्छन्। लेखनशैलि फरक भएपनि यि दुवै लेखकले सम्बन्धहरुको मीठो कथा सुनाउनुहुन्छ ।
कर्नाली ब्लुजमा बाउ-छोराको , फिरफिरेमा दुई मित्रको र एक्लोमा एउटा सिङ्गो पात्रको सम्बन्धको कथा, यहाँसम्म आइपुग्दा हरेक पात्र र लेखक अझै प्रिय बन्दै गए।
'एक्लो' पढिसक्दा मलाई लेखक प्रति अझ गर्व लाग्यो, उनको लेखाई र कल्पनाशक्ति कति Vast रहेछ भन्ने थाहा भयो । पछिल्ला किताबहरुको जस्तै आफ्नोपन दिने किताबले पाठकहरुको आँखा नभिजाउला तर सोझो कथाले कतिपय ठाँउमा आफुले यथार्थ जीवनमा कुनै कुनामा भेटेका पात्रहरुको सम्झना गराउन सक्छन्।
" कसैको जीवन सँग मेल खाएमा संयोग मात्र हुनेछ" लेखेको त देख्नु भएको होला तर यो किताब चै ठ्याक्क उल्टो छ , धेरैको जीवन सँग मेल खान सक्छ।
आगामी दिनमा अझै नयाँ perspective पढ्ने मौका पाइयोस् ।
Profile Image for Bikash Dumrakoti.
101 reviews6 followers
January 14, 2023
'हामी पाठकहरू माझ नेपाली उपन्यासकारका दोस्रो उपन्यास त्यति सोचेकोजस्तो राम्रो नभएको अनुभव छ। तपाईंको यो दोस्रो उपन्यास। तपाईंलाई कस्तो लागिरहेको छ?', फिरफिरेको विमोचनमा शिवानी सिंह थारूले बुद्धिसागरलाई सोध्नुभएको थियो।
'ए हैन। म ढुक्क किन छु भने यो मेरो तेस्रो हो उपन्यासचैँ। मैलेचैँ त्यो दोस्रो लेखेर त्यो छाप्या छैन। र त्यो दोस्रोचैँ मेरो तेस्रो भएर आउँछ।', बुद्धिसागरले जवाफ दिनुभएको थियो।
कर्नाली ब्लुजपछि बुद्धिसागरले अर्को पुस्तकमा काम गर्न थाल्नु भएछ। करिब पैँसठ्ठी हजार शब्द लेखिसकेपछि उहाँलाई कथामा केही कुराको अभाव खड्केछ। र त्यो पाण्डुलिपिलाई त्यसै थन्क्याइ दिनुभएछ। काठमाडौँसँग जोडिएका तितामिठा यादहरू सँगालिएको उक्त पुस्तकको नाम जुराइएको थियो- 'काठमाण्डु मेल'।
फिरफिरे लेखिसकेपछि त्यो थन्क्याइएको पाण्डुलिपिमा जुन कुरा मिस भइरहेको थियो, त्यो भेटेँ कि भन्ने लागेछ बुद्धिसागरलाई। सोच्नुभएछ- 'एकपटक फेरि पाण्डुलिपिमा काम गर्नुपर्ला। चित्त बुझे ठिकै छ नत्र भइहाल्यो।'
एक पाठकको नाताले, काठमाडौँको कथा बोकेको 'एक्लो' त्यही दोस्रो पाण्डुलिपिको सम्पादित रूपान्तरण हो कि भन्ने लाग्छ मलाई।
(पुनश्च: दोस्रो पाण्डुलिपिले तेस्रो हुने मौका पाएनछ। 'एक्लो' बिल्कुलै नयाँ कथा हो।)
बुद्धिसागरको कलमबाट ग्रामीण कथा पढ्दै आइरहेको यो मनले एक्लोमा पनि त्यस्तै कथा खोजेछ। त्यसैले सुरुमा कथाले खासै तान्न सकेन। बिस्तारै कथासँग भिज्दै जाँदा मैले आफ्नै सिद्धान्त बनाएँ- कर्नाली ब्लुजको वृषबहादुर अब काठमाडौँ छिर्यो। बस्, नाम फरक हो। अब उसले काठमाडौँको कथा भन्नेछ।
कर्डलेस फोन, पेजर, रेडियोले टिप्ने टेलिफोन संवाद आदि मेरालागि नवीन विषय हो। म एक्लोको युगमा भर्खर ३-४ वर्षको फुच्चे थिएँ। अर्को कुरा, म काठमाडौँमा कहिल्यै एक्लो परिनँ। केही समय होस्टल बसेर जरुर पढेको थिएँ। आफ्नो मिल्ने साथीसँग केही दिन दोस्ती तोडिदा एक्लो अनुभव हुन्थ्यो। त्यो एक्लोपनलाई उपन्याससँग जोड्न कतिको मिल्ला? यहाँ त आफ्नै आन्द्राले अर्को आन्द्रा निल्न खोज्छ। तर पनि श्रीजस्तै ममा पनि कल्पना शक्ति भने भरपुर छ। यस्तै साना विवरणहरू छन् उपन्यासमा जसमा पाठकले आफैँलाई पाउनेछन्।
बुद्धिसागरको उपन्यासहरूको विशेषता भाषाको मिठास, पात्र छनोट र डिटेलिङ हो।
मिठो भाषा एक्लोमा यथावत् छ।
यसका पात्रहरू बडो मजेदार छन्। तिनले पाठकको मस्तिष्कमा हस्तक्षेप गरिरहेका हुन्छन्। त्यसैले कुनै पात्रसँग छुटिनुपर्दा बडो पीडा महसुस हुन्छ। एउटा पात्र छ- 'टोप'। बाटोमा श्रीलाई देख्दा उसको बोलाउने शैली हो- 'घाम पश्चिमबाट उदाउनेछ'। सानो कुरा होला तर मलाई यो गजब लाग्यो। सोच्नुस् त, तपाईं बाटोमा हिँडिरहनु भएको छ। पारिबाट कोही चिच्याइरहेको छ- 'घाम पश्चिमबाट उदाउनेछ'। चिच्याउने मान्छे तपाईंकै साथी हो र उसले तपाईंलाई नै बोलाइरहेको हो।
डिटेलिङ भने केही ठाउँमा अनावश्यक भएजस्तो लाग्छ। बीचबीचमा केही झिँजो लाग्नुको कारण यही हो।
Profile Image for Persephone.
32 reviews
December 27, 2022
मैले पाना पल्टाउन थालेको दोस्रो दिन बाटै पुस्तक बारे केही कठोर (सम)आलोचना हरु देख्न थालेँ। त्यतिन्जेल सम्म १०० पृष्ठ भन्दा बढी नपढी सकेको भए सायद म पनि पुस्तक थन्क्याउथेँ र पौने हजार त्यसै खेर गाको मा चुकचुक मान्दै बस्थेँ होला।
तर त्यतिन्जेल सम्म म 'कर्णाली ब्लुज' का लेखक बुद्धिसागर लाई नभै 'एक्लो' का लेखक बुद्धिसागर लाई पढ्न थालिसकेको थिएँ। छाँया को रङ्ग बद्लिदैन तर प्रकाश को placement फेरिदा छाँया का आकार मा पर्ने असर पनि हामी सबैलाई थाहा नै छ। त्यसैले पनि कर्णाली ब्लुज कै भाषा, कल्पना, theme लाइ मन मा राखेर उही expectation मा लेखकले पस्किएका नविनता लाई स्विकार्न नसकी 'एक्लो' पढ्न चाहानुहुन्छ भने तपाइँ यहिँ रोक्किदा राम्रो, समयको बचत नै हुनेछ।
उपन्यास को विषय वस्तु सूक्ष्म वा झिनो हैन, सरल हो। पात्र तपाईं हामी सङ्ग सधै ठोक्किरहेका हुन्छन् वा हामी आफै ती पात्र हौँ । कथा सिरि (श्री) ले सुनाए पनि, कथा काठमाडौँ को। त्यो काठमाडौँ जो आफुमा सपना देख्न चाहने सबैलाइ समेटेर बिउझँन्छ, त्यो काठमाडौंँ जो आफु भित्र दुइछाक र एक छानो को लागि भौतारिरहेका देखि लिएर विश्व कै धनी मान्छेलाई पनि अटाएर बाँंचिरहेको छ। उपन्यास शहरको छाप छोड्न कुदिरहेको छ, गाउँको स्मृति बोकेर लम्किरहेको छ।
लेखक ले वर्णन धेरै गरेर पनि पुस्तक का पन्ना केही बढी भएको महसुस भने मलाइ भएको हो तर यहाँ पनि यस्तो छ, साहित्य सङ्ग अभ्यस्त पाठकमा कल्पना शिल्प पनि उत्तिकै तिखारिएको हुन्छ, शब्द को चित्र मस्तिष्क मा सहजै उत्रिन्छ यस्ता पाठक लाई लाग्नु स्वभाविक नै पनि हो "कोठामा पलङ्ग र कुर्सी थिए भनेको भए भैहाल्थ्यो नि, कता फर्किएका थिए? कुन रङ्ग का थिए? कस्ता तन्ना ओछ्याइएका थिए? भनेर लम्बेतान किन बनाउन पर्यो?" । तर यहि कुरा देश विदेश का चलचित्र हेरेर हुर्केको पुस्ताले साहित्य मा पाइला चाल्न खोज्यो भने detailing ले बढी सहजता दिन्छ। यो समय दृश्य को समय हो। त्यसैले नेपाली साहित्य पढ्न सुरु गर्न चाहाने को लागि यो पुस्तक राम्रो साथी बन्नेछ।
अनि अर्को कुरा के हो भने यहाँ त्यस्ता केही twist and turns छैनन् जसले पाठक को मुटु को गति बढाओस्, न त कुनै खुङ्खार वाद हरु नै छन् । पुस्तक आरामले बग्छ, मलाइ चाहिँ थकाएन। सरर लेखेका साधा अक्षर हरु मात्र पढ्ने हो भने पैसा खेर गाको महसुस हुनसक्ला तर मेरो लागि विशेष पाटो के थ्यो भने मैले शब्द बिच का भाव लाई मजाले छिचोल्ने मौका पाएँ। मेरा लागि पात्र का नाम सङ्गै अनुहार आए आँखा अघि नाच्न किनकी यो नयाँ कथा हैन। बुद्धिसागरले आफ्नो काव्यिक भाषाशिल्प ले यसलाइ नयाँ आवरण दिएका मात्रै हुन् ।यसले बोकेकै यहि त हो गाउँ बाट शहर पसेका, शहर कै स्थानिए यिनै हुल सङ्गै अटाएका, सपना खुम्चिएका,मान्छे को शहरमा मानवता नै लुक्दै हिनेका, त्यो समय को खानपान, रहनसहन अनि दरवार हत्याकाण्ड र माओवादी युद्द बिराम पछि ह्वात्तै फेरिएको काठमाडौं को स्थिती, उही बेरोजगारी अनि विदेशीने केही रहर, अनि एकलिन आँटेको बुढेसकाल।
छुन यो उपन्यास ���े ती सबै पाटो छोएको देख्छु जो पछिल्लो समय का hit पुस्तक ले छोए। तर यहाँ तिनका वर्णन लाई दर्शन का वजनदार शब्द ले पस्किएको छैन। यहाँ दुख छ तर भक्कानिएर रुनै थालुँ जस्तो नि हैन, यहाँ द्वन्द्व छ तर कुनै समाज को क्रान्ती नभै आफै भित्र को शान्ति का लागि, यहाँ त्यही कथा छन् जो हामिले प्रत्येक दिन भोग्दै देख्दै आएका छौँ ,बेला बेला चिया पसलमा, सार्वजनिक सवारी साधनमा, अफिस मा, कक्षा मा हामीले एकै छिन को किस्सा जसरी सुनाएका कथा जोडिएर एउटा सिङ्गो उपन्यास बनेको पाएँ मैले।
Profile Image for Kshitij Chaurel.
163 reviews17 followers
February 1, 2023
शहर आफैमा एक्लो छ जहाँ एक्लो मानिसहरुको भिड छ ।

कथा तब मन पर्छ जब पाठकले त्यसलाई आफुसङ्ग जोड्न सक्छ । यो किताबले मेरो कैयौ यादहरु ताजा गर्दियो जतिबेला म पनि मुख्य पात्र जस्तै काठमाडौं शहरमा एक्लो थिए। आज आएर बुझ्दैछु शहर जुनसुकै भएपनि शहरमा मान्छे सधै एक्लो नै हुदोरहेछ।

एक्लो हुनु भनेको अस्तित्वको प्रमाण हो।

City is a Black Hole in the Earth
Once you enter, You can never return
Even if you can, You won’t be the same
Profile Image for Himal Kunwar.
34 reviews1 follower
January 3, 2023
एक "श्री" पात्रको कथा संगै लाखौ आन्तर्मुखि युवाशक्तिको कथा
एक "श्री" पात्रको कथा संगै काठमाडौंमा बस्ने लाखौ छात्रको कथा साथै आधिकांसको आफूलाई प्रेम गर्ने र नगर्ने को कथा । एक मिठो कथा , सुरुमा अलि गति शिथिल भएता नि गन्तव्यमा एकदम आरामदाइ डंगबाट यत्रा सम्पन्न हिनी "एक्लो" श्रीको कथा । मन मोहक ।
Profile Image for shishir.
87 reviews4 followers
March 25, 2023
असाध्य राम्रो लागयो किताब। आफू काठमाण्डूमैं छु जस्तों भयो। सबैलाई एक चोटीचाई पड़न भनछु।
म फेरी पनि पड़ने छु यो पुस्तक।
Profile Image for Ray Kha.
138 reviews4 followers
January 16, 2023
सहरमा सबै सामु भएर पनि एक्लो हुन सक्छ।
सबैको बीचमा बसेर पनि कोही एक्लो हुन सक्छ।
झन् अन्तरमुखी व्यक्तीको सहरमा एक्लो हुने सम्भावना अझै बढी हुन्छ।सिरीको भोगाइ कहीँ न कहीँ कतै न कतै हामी सबैको पनि भोगाइ हो।
काठमाण्डौं मेरो सहर हो।
काठमाण्डौं हाम्रो सहर हो।
काठमाण्डौं धेरैको सपनाको सहर हो।
तसर्थ एक्लो हामी धेरैको कहानी हो।
बुद्धीसागरका लेखाइको मिठास यसमै छ कि सबै पात्रसँग हामी आत्मिय भइ जोडिन सक्छौं। बुद्धीसागरको लेखाइको प्रशंसक को नहोला? म पनि त्यस्तै एक प्रशंसक हुँ।पाठकले लेखकको कृति पढिरहँदा लेखकलाई बाडुल्की लाग्छ कि लाग्दैन होला भनेर म कल्पना गर्छु। किनकी धेरै सामान्य लाग्ने विषयवस्तुमा पनि लेखकको भाषाशैलीको तड्काले त्यो विषय मिठो भयो। त्यसैले मैले पढिरहँदा बुद्धीसागरलाई बाडुल्की लाग्यो कि लागेन होला??
मलाई सबै भन्दा धेरै मनपरेको कुरा सिरीले समिरालाई ईश्वरको यथार्थलाई स्वीकार्नुको सट्टा आफ्नो कल्पनामा जसरी नै जीवित राख्ने निर्णय गरे। यति लामो एक्लोको सफरमा मैले चिनेको श्रीले यही नै गर्ने थिए र उनले यही नै गरे। मलाई यो कुराले छुट्टै आत्मसन्तुष्टी दियो।
आदि- मेरा लागि प्रिय पात्र भइसकेका थिए। मिती २०५८ मंसिर २३ ले सायद आगामी दिनहरूमा मलाई आदिको नै याद दिलाउनेछ। उनको छोटो तर तिव्र गतिमा दोडिएको जीवन र सोही तिव्र गतिमा साथ दिएको उनको मोटरसाइकलको कथाले मनमा छुट्टै ठाउँ बनाएको छ।
मोहिनीले त्यति कथामा ठाउँ पाएकी छैन तर जति उनी कथामा आइन् मेरो विचारमा उनले राम्रै छाप छोडिन्।
मलाई मोहिनी प्रति पनि दया लागेर आयो। उसलाई माया गर्ने अनि विवाह गर्ने सपना देखाएका दुवैले यसरी छोडेर गए कि एक्लो पारी छाडी गयो भनेर उनीहरूसंग गुनासो गर्ने ठाउँ पनि छैन।रिसाउन सक्ने ठाउँ पनि छैन।त्यो पनि कम पीडादायी कहाँ हो होला र?
टोप- सायद टोप श्रीको जिन्दगीमा नहुँदो हो भने श्रीको औचित्य नै हुने थिएन।टोप जस्तो मिजासिलो र हँसिलो मान्छेसंग जसै जोडिँदै गएँ उनको जीवनमा आएको उतारचडावले मलाई पनि संगै उचाल्ने र पछार्ने गर्यो।टोप श्रीको र एक्लो दुवैको महत्वपुर्ण पात्र हो।
घरबेटी बा र आमाका किस्साले मलाई पुराना केही डेरामा बस्दाका सम्झनाहरू दोहोराएर याद दिलायो। मलाई पनि घट्टेकुलोको त्यो गल्लीमा गएर त्यो च्यनल गेट हल्लाएर चाबी झार्दिनुस् न भन्न मनलाग्यो। म सिरी बसेको कोठा हेर्छु। म आदि बसेको कोठा हेर्छु भन्न मनलाग्यो। भिमसेन त्यही मन्दिरमा छ कि छैन भनेर हेर्न मनलाग्यो।’द गुड अर्थ’ पढ्न मनलाग्यो।मैले सोचेको कारण र वास्तविक कारण मिल्ला कि नमिल्ला जाँच्न मनलाग्यो।
पाठक सामु कहानी जिवन्त हुनु सायद उपन्यास अब्बल हुनुको प्रमाण हो। श्रीको जीवनमा मिठास ल्याने समिराको के कुरा गर्नु? एककोठे संसारमा बसेरै पनि कल्पनाद्वारा आवाजको अम्मलमा फँसाएकी समिरालाई श्रीको अन्दाज र कल्पनाबाट पढ्दा श्री जस्तै म पनि समिरा माथि फिदा भएँ।पाठक सामु कहानी जिवन्त हुनु सायद उपन्यास अब्बल हुनुको प्रमाण हो।
तसर्थ मेरो लागि एक्लो उम्दा उपन्यास अति सुन्दर महाकाव्य हो।
शुभपठन
1 review1 follower
August 15, 2023
Buddhisagar is a fantastic story teller no doubt. His main talent is making us feel connected to his characters, make us attached to them, even the minor ones. His past books both firfirey and karnali blues successfully do so . But this fails mainly in that part.
The story and premise itself is nice, whatever story is told is told beautifully.
But the story doesn't make us feel for characters abd doesn't make us feel anything towards them.
The subplots are bizzare and minor characters have no contribution towards the story itself.
The subplot of listening to phone calls is unnecessary and comes off as creepy.
So this book fell flat in accordance to his other books.
But he still is one of greatest story tellers.
Profile Image for Ayush Poudel.
2 reviews
February 22, 2023
यो किताब पढ्दा कता कता बुद्धिसागरले कतै मेरो आफ्नै कथा त लेखेनन् भन्ने अनुभुती भैरखेको थियो । एउटा पाठकलाई किताब तेती बेला प्यारो हुँदो रहेछ जब उस्ले आफुलाई आफुले पढ्इरहेको किताबका पानामा फेला पार्दो रहेछ । एक्लो श्री को मात्र हैन् लाखौ नेपाली युवाको कथा हो जो शहर र प्रदेशमा चाहिँ नचाहिँ दायित्वबोधको पर्खालले बनेको एक कोठे संसारमा सिमित छन् ।
Profile Image for Supriya Khadka.
81 reviews9 followers
April 2, 2023
म अहिलेसम्म एक्लो भएर बसेको छैन, मेरो सौभाग्य नै भनौँ। एक्लोको कथा मलाई मेरो बाबाले सुनाउने उहाँका अनुभवजस्ता लागे; त्यसैले शायद मुख्य पात्र श्रीभन्दा पनि मैले आफुलाई समीरासँग बढि दाज्न पुगे। पुस्तकले एक्लो भएर बसेँ भने के गर्थें होला भनेर सोच्न बाध्य बनाइदियो!

A very compelling and heartfelt read❤️
2 reviews1 follower
April 22, 2025
I really tried to like this book, but I couldn’t. While I couldn't relate to the characters in Karnali Blues, I could still empathize with them — something that was missing here. The protagonist wasn’t likeable, the supporting characters lacked depth and were forgettable, and the subplots didn’t add much to the story. I kept waiting for it to get interesting, but it left me disappointed. If you’re picking this up with Karnali Blues in mind, you’ll be heavily disappointed. Honestly, I feel like Firfire was much better.
Profile Image for Jhanak Shrestha.
20 reviews
February 11, 2023
I am not reading a novel, I am reading my own story. I cried, laughed, got emotional from the words of this novel. There is everything pain, sorrow love. There is downfall and growing. There are a lot of things to be noticed in detailed. I have gone to long imagination after reading it. The words from Shree's mother is just like mine mother. It is a story of all the people like me in Kathmandu who creates a word in their small circle.
Profile Image for Trailokaya Bajgain.
2 reviews
June 23, 2023
An Unforgettable Tale of Outside Lives - Buddhisagar's "Eklo"

Buddhisagar's "Eklo", his third novel, is a remarkable narrative that resonates powerfully with those of us hailing from outside Kathmandu. Published by FinePrint, this book artfully intertwines our shared experiences and emotions, making us feel seen and heard in a deeply personal way.

"Eklo" isn't just a story; it's a shared reality. It resonates profoundly, becoming the story of me, my quiet friend, and indeed, anyone who has ever lived in the bustling city of Kathmandu. Buddhisagar's exceptional ability to craft a narrative that is not only excellent but deeply relatable is what sets this book apart.

Though the book is set in Kathmandu, it transcends the boundaries of the city, parallelly encapsulating the essence of our lives lived outside the valley. It brings to life our struggles, our frustrations, and the inner turmoil that we, as outsiders, often face. The narrative is so vivid and poignant that it feels like our own story being told.

"Eklo" skillfully portrays the battles we wage every day - those that may seem small and insignificant in the grandeur of a city like Kathmandu, but carry an immense weight for those of us living as the outsiders in the valley. It is a testament to the human spirit's resilience and our ability to endure and overcome life's trials and tribulations.

This book is a journey - a journey of self-discovery, of shared experiences, and of a common identity that binds us all. As a reader, you're not just observing the characters' lives - you're living them, feeling their emotions, their triumphs, and their setbacks.

In conclusion, "Eklo" is more than just a book - it's an experience, a journey, and a mirror reflecting our lives: the outsider's of Kathmandu. It's a must-read for anyone seeking a tale that is deeply personal and emotionally resonant. Buddhisagar, with "Eklo", has once again proven his ability to craft stories that resonate with readers on a deeply personal level, earning him a well-deserved reputation as a master storyteller. This book gets a well-deserved 5/5 from me.
Profile Image for Sagar Gire.
1 review
January 3, 2023
दुरदराजको एउटा गाउँबाट देशको राजधानी काठमाडौ छिरेको श्रीको कथा हो एक्लो ।
घट्टेकुलोको अँधेरो कोठा बाट शुरु हुन्छ उसको काठमाडौ बसाई । श्रीको कथा सँगै घरबेटी बा र आमा उपन्यासमा अन्तिमसम्मै झुल्किईरहन्छन ।
श्री बसेकै घरमा भाडामा बस्ने (ट्याक्सी चालक / मालिक ) सुर्यबहादुर र उनकी श्रीमती चन्द्रा , सिनेमा हलमा रिल पुर्याउने आदि श्री सँगै छाईरहन्छन । आदिकि प्रेमिका मोहिनी झल्याक झुलुक देखिन्छन । पत्रकार टोप उसका सपनाहरु , देशप्रेम साप्ताहिक र त्यसका सम्पादक एक्लो पढ्दा बिर्सन सकिँदैन ।
श्रीले दस बेन्डको रेडियो किनेको हुन्छ । बेन्डसार्दासार्दै रेडियोले समिरा र निलको फोन सम्बाद सुन्छ । कोठामा एक्लो श्रीका लागि उक्त फोन बार्तालाप रुचिकर हुँदै जान्छ । पछि पछि त उसलाई बार्ता सुन्ने लत लाग्छ । फोन बार्ताकै आधारमा उसले पर्ल एस बकको उपन्यास गुड अर्थ किन्छ र कलि क्याफेमा गैइरहन्छ । त्यहिँ भेट हुन्छ वेटर परशुराम । श्री आफ्नै कल्पनाको मनोलोकमा बिचरण गर्छ । श्रीका बा- आमा, दाइ । काठमाडौको मोमो , किचकिन्नी, भुत ,माता , फिल्म आईरहन्छन ।
एक्लोमा गम्भीर बिषयबस्तु केही छैन । पुस्तक पढिरहँदा पाठकलाई कहिँ कतै झर्कोफर्को लाग्दैन । पुस्तकमा करुणा आशा, निराशा , उत्साह , सबै छ । घरिघरी हिक्क हिक्क रुवाउँछ पनि । कतै पेट मिचिमिची हसाउछ ।
सबैका आ आफ्नै सपना छन । सबैको एक्लाएक्लै दौडधुप छ । सँघर्ष छ ।
बुद्विसागरको डिटेल लेखनी गज्जबको छ ।
पुस्तक निकै राम्रो छ र बिल्कुलै फरकधारको छ ।
एक्लो हरपाठकलाई पूर्ण आत्मसन्तुष्टि दिन सक्षम छ ।
एक्लो मैले बाँचेको समयको कथा हो ।
Profile Image for Astha.
47 reviews1 follower
July 24, 2023
I laughed, I cried, I felt humiliated, I felt embarrassed, I felt proud, I felt lost and I felt found all along together with Shree. This time around the story hit a little close to home with Shree's navigation of a city away from home, in his ek kothe sansaar, hanging by a thread of someone/something that's right there so attainable yet so unattainable, the expectations one sets upon oneself and the miserableness that comes along with the realization that you have sort of lost purpose of what you were seeking in the first place. Surrendering at times and picking oneself up, yet again, so very humane.

The portrayal of all other characters and their arcs are very well written and realistic. One of the things I absolutely adored throughout all three Budhhisagar novels is that he doesn't try and stretch the character's presence in the story nor does he try and make them mysterious on purpose and maybe that is why we get to experience them and their story arcs so vividly.

All in all, its a book that takes you through this tumultuous journey. It gets heavy at times. I couldn't get myself out of the story and pick another book for quite a while after I finished this one. And now I will go and patiently wait in a corner until he publishes another, which we know is gonna be forever but when he does I'm sure its gonna absolutely slayyy
Profile Image for Subash Adhikari.
1 review
March 25, 2023
"Buddhisagar" द्वारा लिखित "एक्लो" पढेर सकियो। यो पुस्तकको नाम सुन्दा र बाहिरी आवरण झट्ट हेर्दा कुनै माया प्रेम बाट धोका खाएको युवकको कथा हो जस्तो लागेपनी यसभित्रको कथा नितान्त फरक रहेछ। यो त सबै कुरा भएर आफू भित्र एक्लिएको एक्लो "सिरि" को कथा रहेछ। "सिरि" त्यो पात्र हो जसले दस ब्याण्डको रेडियोमा टिप्ने समिराको आवाज सङ अथाह प्रेम गर्छ र उसलाई नदेखी नभेटी पनि अथाह मायाको सागरमा पौडी रहन्छ। यो कथा जिन्दगीलाई १५ मिनेटको धारमा राखी फिल्मका रिल बोकेर हुइकिने आदिको कथा हो। जिन्दगी आफ्नो आफ्नै तवरले जिउदै गरेका सुर्य बहादुर, टोप र भिमसेनको कथा हो।
आफ्नो बाबुको टिटिमा बाची रहेको "सिरि"को कथा कहि न कहि हामी सङ ठोक्किएरै छोड्छ, बर्तमानमा होस या अतितमा। "सिरि"को अँध्यारो कोठामा बन्द भएको अँध्यारो चारकोठे जिन्दगी। भाडा तिर्न नसक्दा कोठा जफत भएर उस्ले भोगेका भोकको पीडा मेरो मुटुलाइ बेस्सरी छुयो। "सिरि"को कथा सङै मैले आफुलाइ धेरै ठाउमा महसुस गरिरहे, "सिरि" सङै काठमाडौका गल्लि गल्ली चाहारीरहे। यो कथाले मेरा आफ्ना बन्द कोठाका जिन्दगी, कलेज पढ्दाका संघर्ष ब्युताइदिएको छ।
यो किताब पढी सक्दा यश भित्रकै एउटा वाक्य पैचो लिएर भन्न मन लागेको छ,
"मैले किताब मात्र किनेको थिइन, आफ्नो जिवनको नयाँ अध्याय लेख्न सुरु गरेको थिए।"
यति जिवन्त कथा हामी पाठक माझ ल्याउदिने मेरो प्रिय लेखक "Buddhisagar" प्रती नमन।
#एक्लो
#Buddhisagar
Profile Image for Sudarshan Bhattarai.
29 reviews2 followers
November 30, 2023
एक्लो, काठमाडौं एक्लो भएको श्री को कथा मात्र होईन, काठमाडौंमा जिन्दगी बनाउन घर परिवार छाडेर सपना बुन्न जानेको कथा हो । अध्याँरो कोठामा उज्याला भबिस्य कल्पना गर्ने आँखाका चेप बाट आशु खसाउनेहरुको कथा हो । केही बन्न खोज्दा फुटेर गासिँन नसकेका हरुको कथा हो । नयाँ सपन, नयाँ भबिस्य, नयाँ माहोल, नयाँ जिन्दगी सबै मिसिएको दबाई भर्खर प्वाँख पलाउँदै गरेकाको घाँटीमै अड्किने रैछ, न निल्न सकिने न त ओकेल्न नै!
एक्लोपन ले एक्लोपन मात्र दिदैन, आफुलाई चिन्ने, आफुलाई सुधार्ने अवसर पनि दिन्छ । संसार सँग हुँदा त संसार लाई मात्र चिनिने रहेछ, आफु सँग भएपछी पो आफैलाई चिनिन्छ त !!
काठमाडौं ले श्री लाई एक्लोपन मात्र दिएन जिन्दगीलाई पुग्ने स्मृती हरु पनि दियो । अखिर जिन्दगी क हो र ? मान्छेको जिबन स्मृती हरु को सङ्ग्रह न हो । मान्छेको जिबन भन्दा ठुलो उपन्यास अरु कहाँ हुन्छ होला र ? पढ्ने‌ नपढ्ने फरक कुरा हो तर लेखिएको त हुन्छ कतै हामीले नदेख्नेरी ठाउँ म हाम्रो पहुच भन्दा पर!
चहे त्यो श्री को कथा होस या भगौडा प्रहरीको सबैको आफ्नै कथा छन्, सबैक आफ्नै बाध्यता छन आफ्नै समस्या छन । अनी तीनै कथा ले तीनै समस्या ले बाँच्ने कारण दिएक छन ।
ति कथा लाई कतै छोडेर जदा तिनै स्मृती बनेर बस्छन मानसपटलमाको कुनै कुना म अनि याद आउछन कहिले कैले Clapton काे 'Tears in Heaven' सुन्दा त कैले John Lennon को ' Beautiful Boy ' ।



A masterpiece!!
Profile Image for Sabin Chhetri.
142 reviews5 followers
September 29, 2023
यो उपन्यास अरु उपन्यास भन्दा भिन्न छ। भिन्न यो अर्थमा कि, यसको कहानी हामी संग मिल्दो जुल्दो छ। हामीसंग नमिले पनि हामीले करिब बाट चिनेको मान्छेहरु ���ंग मिल्दो जुल्दो छ। मलाई यो उपन्यासको पात्र "श्री" को कथा, मैले नै कलेज पढ्दा देखेको मेरै साथीहरुको कहानी जस्तो लाग्यो।

हजार सपनाहरुको बीज रोपेर, एउटा नौलो र राम्रो भविस्यको कल्पना गरेर आफ्नो गाउँ छोडेर काठमान्डौमा डेरामा बसेर पढ्न आउने बिद्यार्थीको कथा हो "एक्लो" । यो उपन्यासले उसले यो दौरान गुमाएको माया, सपना र सोच्दै नसोचेको परिस्थितिहरुलाई एक्लै कसरी सामना गर्छ भनेर देखाउन कोशिश गर्छ। बुद्धिसागर को बिशेषता भनेको हरेक सानोकुरामा बेसी डिटेल हालेर भन्ने। उसले आफ्नो यो खुबी यो उपन्यासमा पनि प्रयोग गरेका छन्। लगभग ५०० पृष्ठको यो उपन्यास पढ्दा १ पेज पनि पट्यार लाग्दो भेटिन मैले।
बुद्धिसागरको यो उपन्यास निकै उम्दा छ। किनेर पढेर अफसोस मान्नु पर्ने ठाउँ देख्दिन
Profile Image for Jeevan Chhetri.
6 reviews
June 27, 2023
Ghar xodera hideko Siri jastai desh xodera Sapana ka Thulo Thulo sansar khojdai hideko ma aafu le le aaafulai Siri ma dherai patak vete. Sayed khane kura vayera, pariwar ko sath vayera hos wa goji ma paisa ko aad huda hos sukkha vanda Dukkha ka kura ma dherai patak aafu le afulai Siri ma dekhne mauka paye. Dukkha ko kada haru ma tekdai garda aama ko maya ra bau le sikayeko jimmewari le dherai patak sumusmaye Tara eklo hunu ko aartha ta kad ma bokeko jimmewari nai pura garnu parda po thah hudo raixa Jana aama ko khak ko nyanopan le tadpauxa. Dhanyabad Buddhisagar hajurka dherai ekla pathak haru lai aafu le aafulai siri ma mahsos garne mauka pradhan garidinu vayeko ma
Profile Image for Niraj Neupane.
3 reviews
August 6, 2023
Eklo is a story of Shree who had come to Kathmandu to pursue his education. It is a story of everyone like Shree who enters the big city with a dream of becoming something in their life so that they become a motivation factor for the younger generation. It is a story of such youths who are unknown by the people, city, buses, etc. their existence alone. Eklo is a story of every person like us who got love from the people of their place but searched for their presence in the city. It teaches us that there are a lot bigger problems that lie ahead and we should be ready to face such problems.
It taught me a new way of living life.
Thank you Buddhisagar sir for this wonderful book.
9 reviews
January 4, 2023
२०२२ को अन्तिम किताब थियो मेरो लागि एक्लो। हरेक पाना पल्टाउदै, हरेक पात्रलाई आफ्नै कल्पनामा संगाल्दै अन्तिम सम्म पुग्दा कतिपय पात्रहरु आफ्नै वरि परि भेट्टाए। घट्टेकुलोमा दशक लामो बसाइ र बुबाले सुनाउने कथाहरुमा रोमालिएको छ कथाको पृष्ठभूमी। कतिपए भनाइहरु आफैमा पनि मिल्दोजुल्दो छ। बुद्धिसागरको अन्य लेखहरु भन्दा भिन्न सैली भएपनि यो धेरैको संघर्षको काहानी हो। कुनै पात्रहरु अलि फिक्का पनि छन् , हुनत जीवनमा फिक्कापन नभई कहाँ उतार्चढाभ अनि उत्साह हुन्छ र।
सारमा म एक्लो होइन रहेछु, एक्लो ठान्ने रहेछु।
58 reviews1 follower
August 26, 2024
What a book! Went through joy to sad emotions all in one book and what a ride it was. Knew the author couldn’t let me down. Beautiful story telling, character development, perspectives and ending. Literally made me cry at that peak moment( maybe I felt the pain of leaving home). Hats off to buddhisagar!
Profile Image for Sarah.
5 reviews
November 2, 2023
यो किताब सकाउन निकै लामो समय लगॅाए। पहिले सुरू गर्दा सकाउन सकिन; अहिले लागि रहेछ यो किताबलाई मैले अहिले नै भेट्नु थियो।जीवनको जून बाटोबाट हिॅड्दै छु, त्यसैको कथा अरू कसैबाट सुने जस्तो लाग्यो। सायद यो पुस्तक पहिले नै सकेको भए त्यति प्रिय लाग्ने थिएन। सबै कुराको आफ्नै समय हॅुदो हो।:)
Profile Image for Deependra.
5 reviews
January 18, 2023
काव्यिक(poetic), जिवन्त र ठिक्कको सुन्दर डिटेलिङ्गले भरिएको उम्दा उपन्यास।
Profile Image for Saa Gar.
12 reviews1 follower
February 1, 2023
कुनै बेला अपेक्षाकृत परिणाम नपाउँदा मन सारै खल्लो हुने रैच बाबै!
5 reviews
June 28, 2023
A nice book in Nepali literature. Outsiders from other cities who are in Kathmandu valley can relate it so well.
Profile Image for Subash Acharya.
13 reviews
August 29, 2023
Eklo is a powerful and moving novel that will stay with you long after you have finished reading it. It is a must-read for anyone who has ever felt lost and alone in the big city.

3 reviews
October 30, 2024
सोचे अनुसार केही पाइएन, कर्णाली blues को दाँजोमा एकदम फिक्का लाग्यो | sorry
Displaying 1 - 30 of 35 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.