Tajmajal Quotes

Quotes tagged as "tajmajal" Showing 1-6 of 6
Suman Pokhrel
“सारा यौवन
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै
हिँडिरहेको हुँ ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]

Suman Pokhrel
“अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङ्गले कोरूँ भइरहेकै हो ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]

Suman Pokhrel
“फक्राएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]

Suman Pokhrel
“आफ्नै मनभित्र छचल्किरहेका
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म आफूलाई बिर्सिरहेको छु ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]

Suman Pokhrel
“शाहजहाँ,
जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो ।
जसले चिहानलाई मन्दिर,
प्रेमिकालाई ईश्वर,
प्रेमलाई धर्म बनाइदियो ।”
Suman Pokhrel

Suman Pokhrel
“कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थिएँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]